अस्ट्रेलियाद्धारा २ हजार विद्यार्थीको भिसा रोक

नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ति विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रक्रिया रद्द गर्न समेत पत्राचार गरेको छ।
अष्टेलिया जान लालायित विद्यार्थीले करिब १ लाख रुपैयाँ खर्च गरेर भिसा प्रक्रिया सुरु गरेका थिए।
नेपालमा रहेका बैंकहरुले स्ट्यान्डर्ड पूरा नगरी मनपरी रुपमा ऋणको कागजात बनाएको जनाउँदै अष्ट्रेलियन दूतावासले भिसा प्रक्रिया रद्द गर्ने तयारी गरेहो छ। दूतावासको तथ्याङ्क अनुसार करिब २ हजार विद्यार्थीको प्रक्रियाको विषयमा अनुसन्धान भइरहेको छ।
नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको घुइँचोलागेसँगै बैंकलेसमेत मनपरी रुपमा ऋणको कागजात बनाउन थालेपछि समस्या बढेको स्रोतबो दाबी छ। बैंकको विषयमा शंका लागेपछि दूतावासले तत्कालका लागि सबै विद्यार्थीको भिसा प्रक्रिया स्थगित गरेको हो। दूतावासले नविल, एसविआईलगायत बैंकबाट मात्र कागजात तयार पार्न आग्रह गरेको छ।
सबै विद्यार्थीको भिसा रद्द भयो भने करिब २० करोड रुपैयाँ जोखिममा पर्नेछ।
स्रोतका अनुसार नेपालमा संचालित एजिुकेशन कन्सल्टेन्सीले कुमारी, प्राइम, एनआइसी, एनबी, सानीमालगायत बैंकबाट पेपरलोन बनाउँदा गलत प्रकृया देखिएकोले भिसा प्रकृया रोक्का गरेको समाचारपत्रमा खबर छ ।
ल्याण्डमार्क एजुकेशन कन्सल्टेन्सीका संचालक कुमार कार्कीले कमर्सियल बैंकले ऋणको कागजात बनाउँदा प्रक्रिया नमिलेको भन्दै अष्ट्रेलियास्थित आधा दर्जनभन्दा बढी विश्वविद्यालयले इमेल पठाएर भिसा प्रकृयाको बारेमा थप अध्ययन भैरहेको जानकारी दिएको बताए । ‘दूतावासले विश्वविद्यालयलाई र विश्वविद्यालयले हामीलाई इमेल पठाएर ऋणको प्रकृयामा गलत नियत देखिएको जनाएका थिए। अहिले अष्ट्रेलिया हाइ कमिशनले बैंक, कन्सल्टेन्सी र अभिभावकसँग समेत जानकारी लिएको छ्’ उनले भने। कसको गल्ती भयो भन्न सकिँदैन, तर प्रक्रिया नपुगेको भन्दै भिसा प्रक्रिया रद्द गरी अधिकांश विद्यार्थीको कागजात पेन्डिङ गरी राखेको छ–कार्कीले भने।
प्रकाशित मिति:
March 25, 2014