एसएलसी दिने सभासद्का खेताला परीक्षार्थी पक्राउ
चैत्र ११ । संविधानसभा निर्वाचनमा एमाओवादीबाट समानुपातिकतर्फबाट सभासदको उम्मेदवार भएका गंगा पासवानको सट्टामा एसएलसी परीक्षा दिइरहेका वीरेन पासवानलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।
फूलबरीया मावि परीक्षाकेन्द्रमा पासवानको साटो परक्षा दिंदै गरेको वीरेनलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । वीरेनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
जनसेवा उच्च मावि कर्जन्हाबाट रोल नम्बर ०१६२२८७यू भएका सभासद् पासवानको सट्टामा वीरेनले परीक्षा दिएका हुन् । पासमान र मावि फूलबरीया परीक्षा केन्द्रका केन्द्राध्यक्ष बिन्देश्वर महतो एउटै गाउँको भएकाले मिलोमतोमा नै नक्कली परीक्षार्थी राखेको हुनसक्ने अनुगमन टोलीको आशंका रहेको खबर नयाँ पत्रिकामा छापिएको छ ।
स्थानीय जगदीश महतोका अनुसार सभासद् पासवान सामान्य लेखपढ गर्ने व्यक्ति हुन् । सामान्य लेखपढ गर्न जान्ने ब्यक्तिले कसरी टेष्ट पास गरे र एसएलसी दिनेसम्म भएँ अचम्मै लाग्यो महतोले भने ।
जनसेवा उच्च मावि कर्जन्हाका प्रधानाध्यापक लक्ष्मी हाईले गंगा यसै विद्यालयबाट टेष्ट उत्तीर्ण गरेको दाबी गरे । उनले सभासद् पारवान बिद्यालय नआई अध्ययन गरेको दाबी गरे ।

प्रकाशित मिति:
March 25, 2014