एसएलसी परीक्षास्थलबाट ४८ बोरा चिट बरामद

जिल्लाको ३४ वटा परीक्षा केन्द्रबाट ४८ बोरा चिट र गेसपेपर बरामद गरिएको हो । परीक्षा सुरु हुनअघि प्रत्येक केन्द्रको प्रवेशद्वारमा सुरक्षाकर्मीले परीक्षार्थीसित गरेको चेकजाँचको क्रममा चिट बरामद भएको हो ।
यसैगरी, दुई परीक्षा केन्द्रबाट ५ जना परीक्षार्थी र पाँचवटा परीक्षा केन्द्रबाट ६ जना निरीक्षकलाई निष्कासन समेत गरिएको छ । उनीहरुलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा निस्काशन गरिएको हो ।
प्रकाशित मिति:
March 24, 2014