आर्थिक अभावले उपचार गर्न नसकेर छटपटाईरहेको यो सन्तान
दिप बहादुर घर्ति
जाजरकोट, १० चैत । पछाडीको हिपमा मासु पलाएर पीडाले छटपटाई रहेका जाजरकोट रग्दा-७, तल्लुका १० वर्षीय बालक राजन बानियाको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । जन्मजात पलाएको मासुको डल्लोे हाल झन्डै तीन केजी पुगेको छ । जसका कारण उनको शारिरिक वृद्धि–विकास समेत हुन सकेको छैन ।

राजनलाई खान, बस्न, सुत्न र हिडडुल गर्न समेत समस्या हुने गरेको उनकी आमा डम्मरले बताईन् । जन्मिदा नै मासुको सानो डल्लो देखिए पनि शुरुमा खासै समस्या थिएन । तर, उमेर बढ्दै जाँदा मासुको डल्लो बढेपछि राजनलाई समस्या भएको छ ।
दश वर्ष अघि श्रीमान्ले अर्की श्रीमती विहे गरेर गएपछि उनको परिवारमा साँझ बेलुकीको छाक टार्न समेत समस्या हुने गरेको छ । छोराको उपचारको लागि स्थानीय गाविस तथा जिबिसमा सहयोग मागेपनि कुनै खालको सहयोग नपाएको गुनासो गरिन् । राजनको उपचारको लागि पहल गरिदिने धेरैले आश्वासन दिए पनि कसैले पनि हालसम्म सहयोग दिएका छैनन् । छोराको उपचार खर्च जुटाई सहयोग गरिदिन राजनकी आमाले सबैलाई याचना गरेकी छन् ।
नोटः सहयोग गर्न चाहनु हुनेले हेलोखबरकर्मी दिप बहादुर घर्ति (सम्पर्क नम्बरः ९८४४८२०७५५) मार्फत पीडित परिवासँग सम्पर्क गर्न सक्नुहुनेछ । - प्रधान सम्पादक
प्रकाशित मिति:
March 24, 2014