जाजरकोटमा ४ प्रजातीय गिद्धको बासस्थान
दिप बहादुर घर्ति
जाजरकोट ६ वैशाख । नेपालमा पाईने ९ प्रजातीय गिद्ध मध्ये ४ प्रजातीय गिद्धको बास स्थान जाजरकोट भएको नेपाल पन्छी संरक्षण संघले जनाएको छ । शुक्रबार खलंगा सदरमुकाममा १ दिने गिद्धको महत्व र संरक्षण विषयक जिल्ला स्तरिए अभिमुखिकरण गोष्ठीको आयोजना गरी यसको जानकारी गराईएको हो ।
सुन गिद्ध लहँ गाविस वडानं. ६ को महादेवपूरीको जंगलमा स्थायी रुपमा बास स्थान गर्दै आएको छ । साथै उक्त स्थानकै आसपासका पहराहरुमा गोर्वे गिद्ध,राज गिद्धले स्थायी रुपमा बास स्थान गर्दै आएको छ । त्यसैगरि हिमाली गिद्धले नायकबाँडा र सक्ला आसपासका पहराहरुमा स्थायी रुपले बास स्थान गर्दै आएको भेटिएको नेपाल पन्छी संरक्षण संघका फिल्ड बायोलोजिष्ट कृष्ण प्रसाद भुसालले बताए ।
भुसालले अभिमुखिकरण गोष्ठीको सहजीकरण गर्ने क्रममा गिद्ध मरेको सडेगलेको सिनो खाने चरा भएकोले यसले महामारी,हैजा,रेवीज जस्ता रोगको प्रकोपलाई नियन्त्रण गर्ने पन्छी भएको उल्लेख गरे । साथै उनले यसको संरक्षण गर्नका लागी पशु उपचारमा डाइक्लोफेननेक औषधीको प्रयोगलाई अन्त्य गर्नु पर्ने तर्क गरे । गिद्ध संरक्षणका लागी स्थानिय समुदायको सक्रियतामा नवलपरासी,चितवन,रुपन्देही,दाङ र कैलाली गरी देशका ४ ठाउँमा जटायू रेष्टुरेण्ट सञ्चालन गरिएको छ कृष्ण प्रसादले भने ।
फोटो: सक्लामा गत चैत्र ३० गते देखि बैसाख २ गते सम्म राँगोमारेर गरिएको गिद्ध सम्मेलनमा सिनो खाई रहेका गिद्ध ।
प्रकाशित मिति:
April 19, 2014