पास गराईदिन्छु भन्दै लाखौं लिएको आरोपमा शिक्षा मन्त्रालयका उपसचिव अख्तियारको नियन्त्रणमा
वैशाख ९ । शिक्षा मन्त्रालयका उपसचिव वेणीमाधव भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
२०६८ सालमा एमबीबीएसको छनोट परीक्षा दिएका विद्यार्थीलाई उत्तीर्ण गराइदिने भन्दै रकम लिएको अभियोगमा अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
उनलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान गर्न थालिएको पनि अख्तियारले जनाएको छ ।
२०६८ सालको पौष र माघ महिनामा शिक्षा मन्त्रालयद्वारा सञ्चालित एमबीबीएस परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै उपसचिव भट्टराईले विभिन्न व्यक्तिहरुबाट एक करोड रुपैयाँ भन्दा बढी रकम लिएको उजुरी आयोगमा परेको थियो ।

प्रकाशित मिति:
April 22, 2014