पूर्वप्रधानमन्त्री नेपालको स्कर्टिङवाला गाडीको ठक्करबाट बालिकाको मृत्यु
नेता नेपाल |
१४ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई स्कर्टिङ गरिरहेको सुरक्षाकर्मीको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
नेपालको स्कर्टिङ गरिरहेको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको गाडीले राजधानीको तीन कुनेमा तीन बर्षीया बालिका करिष्मा मिजारलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट घाइते बालिकाको न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा गएराती निधन भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
April 27, 2014