एमाओवादीमा जो चर्चित थिए, तर उनीहरु नै पराजित

नमा सोनाम साथी, दीपेन्द्रबहादुर क्षेत्री, गोपाल शिवाकोटी चिन्तन, जेबी टुहुरे, हरिगोविन्द लुइँटेल पराजित भएका छन् ।
दुई सय २९ सदस्यीय जिल्ला आयोजक समितिमा ध्वनिमतका आधारमा गरिएको छनौटमा अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका सहयोगी पराजित भएका छन्। दाहालका पूर्वस्वकीय सचिव समीर दाहाल, भट्टराईका सहयोगी खिमलाल देवकोटा र श्रेष्ठका सहयोगी जागृत रायमाझी लगायत समेत पराजित हुन पुगे ।
यसैगरी, राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य शशी शेरचन, सरिता महर्जन, डिल्लीराज खनाल, गंगा बेल्वासे र सबिना अर्याल पनि केन्द्रीय प्रतिनिधि छनोट हुन असफल भए। काठमाडौंका १९ जना सल्लाहकारमध्ये अधिकांश पराजित भएका छन्।
सम्मेलनले ५८ जना जिल्ला सदस्य र ५७ जना राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ।
प्रकाशित मिति:
April 29, 2014