सभाषदलाई संसद बैठकमा मोबाइल प्रयोग नगर्न सभामुखको चेतावनी
चैत्र १८ । सभामुख सुवासचन्द्र नेम्बाङले संसद बैठक कक्षमा माननीय सभासदहरुले मोबाइल फोन प्रयोग गरेर हैरान बनाए पछि उनले त्यसरी फोन प्रयोग नगर्न सांसदलाई चेतावनी दिएका छन् ।
संविधान बनाउँने महान जिम्मेवारी लिएर त्यो स्थानमा पुगेका माननीयहरुले नै अमर्यादित व्यवहार प्रस्तुत गरेपछि भद्र स्वाभावका नेम्वाङ यस्तो उर्दी पटक–पटक जारी गर्न वाध्य भएका हुन् ।
शुन्य समय सञ्चालन भइरहेको समयमा पनि फोनमा नै व्यस्त हुने माननीयहरुले यस्तो उर्दी मान्ने हुन वा नमान्ने हुन त्यो भने हेर्न बाँकी नै छ । स्मरण रहोस यसअघि पनि उनले सभासदहरुलाई बैठक सञ्चालन भइरहेको समयमा मोबाइल प्रयोग नगर्न ध्यानाकर्षण गराएका थिए ।
संसद् नियमावलीमा बैठकका बेला मोबाइल फोन प्रयोग गर्न रोक लगाइएको छ । सभासद साहको वास्तविकता दिन ध्यानाकर्षण चैत्र १८ । मङ्गलवारको संसद्मा सभामुख नेम्वाङले सदभावना पार्टीका तर्फबाट सभासद बनेका सञ्जयकुमार साहको विषयमा यथार्थ जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका छन् । जनकपुर बमकाण्डमा दोषी ठहर भएका उनीविरुद्ध पक्राउ पुर्र्जी जारी भएको छ । सदभावना सभासद् लक्ष्मणलाल कर्णले सांसद साहलाई के अभियोगमा पुर्जी जारी गरिएको हो भन्नेबारे गृहमन्त्रालयसँग जवाफ मागेका थिए ।
प्रकाशित मिति:
April 01, 2014