भारतका लागि अमेरिकी राजदूतद्धारा राजीनामा
चैत्र १८ । भारतीय कूटनीतिक कर्मचारी देवयानी खोबरागडे पक्राउको विषयले अमेरिका र भारतबीच वातावरण बिग्रदै गर्दा भारतका लागि अमेरिकी राजदूत न्यान्सी पावेलले पदबाट राजीनामा दिएकी छिन् ।
दिल्लीस्थित अमेरिकी दूतावासमा राजीनामाको घोषणा गर्दै पावेलले आफूले सरकारी जागीरबाट अवकाश लिने निर्णय गरेको जानकारी दिइन् ।
मे महिनाको अन्तिमदेखि लागू हुनेगरि राष्ट्रपति बाराक ओबामासमक्ष राजीनामा पेश गरिसकेको जानकारी उनले दिएकी हुन् ।
अमेरिकामा रहेकी भारतीय कूटनीतिक कर्मचारी देवयानी खोबरागडे र भारतमा भारतीय जनता पार्टीको चुनावीस्थिति सही ढंगले आंकलन गर्न नसक्दा पावेलले राजीनामा दिनसक्ने अड्कल पहिलेदेखि काटिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रकाशित मिति:
April 01, 2014