उद्योग वाणिज्य महासंघमा पाण्डे समूहद्धारा उम्मेदवार घोषणा

अर्का उपाध्यक्ष भाष्करराज राजकर्णीकारले आफ्नो समुहको उम्मेदवारी घोषणा गरेको केही दिन पछि पाण्डेले पनि आफ्नो समुहको उम्मेदवारी घोषणा गरेका हुन् । पाण्डे समूहले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेको हो । पाण्डेले आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भवानी राणालाई उम्मेदवार बनाएका छन् ।
हाल महासंघको उपाध्यक्ष रहेकी राणा बरिष्ठ उपाध्यक्ष उठेकी हुन् । त्यस्तै, एशोसियटबाट उपाध्यक्षमा ¥याडिसन होटलका प्रबन्ध निर्देशक बी.के. श्रेष्ठ र वस्तुगत संघको तर्फबाट दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । वस्तुगतबाट केन्द्रीय सदस्य रहेका उनी महासंघको उद्योग समितिका सभापति हुन । जिल्ला र नगर उद्योग वाणिज्य संघबाट पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष किशोर प्रधान उम्मेदवार बनेका छन् ।
यसैगरी एसोसिएटतर्फवाट केन्द्रीय सदस्यहरुमा अशोक कुमार तोडी, अञ्जन श्रेष्ठ, विराट थापा, प्रदिपमान बैद्य, अखिल चापागाईँँ, ज्योत्सना श्रेष्ठ, अजय मुडबरी, अनिल केडिया, विप्वलमान सिंह, भरत आचार्य, अशोक टिमानी, कुशप्रसाद मली, झपट बोहरा र बासुदेव गौतमको उम्मेदवारी घोषणा भएको छ । एसोसिएटतर्फका दुईजना उम्मेदवारको नाम भने पछि तय गरिने छ ।
यस्तै महासंघको बस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उमेशलाल श्रेष्ठ, सकुन्तलाल हिराचन, अनुप वहादुर मल्ल, कमला श्रेष्ठ, राजन शर्मा, सञ्जय गिरी, खेमराज पन्त, रामशरण थपलिया, नवराज शर्मा तिमिल्सिना, रामबहादुर श्रेष्ठ, नरेशवपहादुर मल्लको उम्मेदवारी घोषणा भएको छ भने एक जनाको नाम भने पछि तय गरिने वताइएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी पाण्डेले व्यवसायिक एकता, दिगो विकास सहितको आर्थिक जागरण आफ्नो मुख्य रोडम्याप हुने बताए ।
प्रकाशित मिति:
April 01, 2014