राजधानीमा झनै बढ्यो स्वाइनफ्लु त्रास
चैत्र १८ । मिडियामा स्वाइनफ्लुबारे समाचार आएपछि राजधानी काठमाडौंमा त्रास बढेर गएको छ । केही व्यक्तिहरुलाई संक्रमण भएको पाइएपछि स्वाइनफ्लुको संक्रमण आशंकामा परीक्षण गर्ने सर्वसाधरणको अस्पतालमा भीड बढ्न थालेको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाइनफ्लुको आशंकामा घाँटीबाट झिकिने र्याल (थ्रोट स्वाब) परीक्षण गर्नेको संख्या ह्वात्तै बढेको हो ।
तीन महिनायता राजधानीलगायत देशका प्रमुख सहरमा स्वाइनफ्लुको संक्रमण देखापरेपछि जनमानसमा त्रास उत्पन्न भएको हो ।
तीन महिनाको बीचमा टेकुको जनस्वास्थ्य प्रयोगशालाबाट झन्डै आठ सयजनाले परीक्षण गराएका छन् ।
चिकित्सकहरुले स्वाइनफ्लुको आशंका लागेमा चेकअप गर्दा राम्रो हुने सुझाव दिएका छन् । त्यसैगरी, माक्स लगाएर हिड्नु यो संक्रमणबाट बच्ने पूर्व तयारीमा पर्ने गर्दछ ।
प्रकाशित मिति:
April 01, 2014