नियमित योग गर्नोस्, रोग भगाउनोस्
म्याग्दी २ कात्तिक । एघार वर्षदेखि दमका कारण सास्ती खोपेका बेनी नगरपालिका–४ का खड्गबहादुर थापाको स्वास्थ्यमा परिवर्तन आएको छ ।
रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उनी निर्धक्क गाउँमा हिँडडुल गरिरहेका भेटिन्छन् ।
श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गालाघाटकी सुमित्रा पुन पनि रोगमुक्त भएकी छिन् ।
थापा र पुन स्वस्फूर्तरूपमा ठीक भएका होइनन्, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उनीहरूले स्वास्थ्यलाभ गरेका हुन् । योग गरेर १५ दिनमै उनीहरूको स्वास्थ्यमा परिवर्तन आएको हो ।
तीन वर्ष अघिदेखि योग सिकाउँदै आएका पतञ्जली योगका प्रशिक्षक नवीन जुग्जाली नियमितरूपमा योग गरे ‘ब्लड क्यान्सर’ जस्ता रोग निको पार्न सम्भव रहेको दाबी गर्छन् ।
योग साधकहरूका अनुसार योगबाट शरीरमा स्फूर्ति, ग्याष्टिक, कम उमेरमै कपाल फुल्ने, अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोगहरू निको गर्न सकिन्छ ।
शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउनसमेत योग प्रभावकारी भएकोे बेनी बजारको बयोवृद्ध नैनकुमार श्रेष्ठले बताउनुभयो । त्यसैगरी नियमितरूपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनावबाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले बताए ।
“पहिलेपहिले पढाउने विषयवस्तुबारे जति अध्ययन गरेर गए पनि बिर्सन्थँे, कापीमा लेखेर लैजानुपथ्र्यो, योग गर्न थालेपछि बिर्सने समस्याबाट मुक्ति मिलेको छ” योगबाट प्राप्त लाभबारे उल्लेख गर्दै जैसीले भने ।
रोगमुक्त समाजको निर्माण गर्न योगलाई देशव्यापीरूपमा विस्तार गर्न जरुरी भएको विचार योग प्रशिक्षक जुग्जाली व्यक्त गर्छन ।
मानसिक र शारीरिकरूपमा नागरिकलाई सक्षम बनाइए देश उन्नतिको पथमा अघि बढ्न सक्ने उल्लेख गर्दै उनले अनुशासित समाजको निर्माण योग गर्नु श्रेयस्कर भएको बताए ।
आठ प्रकारका प्रणायाम, १२ प्रकारका आसन र ६० प्रकारका योग गरे रोगबाट मुक्ति मिल्ने र स्फूर्ति बढ्ने बताउँदै प्रशिक्षक जुग्जालीले योगले शरीरमा सकारात्मक प्रभाव पार्ने ठोकुवा गर्छन् ।
छिमेकी मुलुक भारतमा झैँ नेपालमा पनि कक्षा ५ देखि १२ कक्षासम्म योगबारे पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको सुझाव छ । रासस

प्रकाशित मिति:
October 19, 2014