५ सय सगरमाथा आरोहीका सहयोगीद्धारा यो वर्ष सगरमाथा नचढ्ने घोषणा
वैशाख ८ । सगरमाथा आरोहीका करिब पाँच सय सहयोगीले यो वर्ष सगरमाथा नचढ्ने घोषणा गरेका छन् ।
आफूहरुले ज्यान जोखिममा पारेर पर्यटकलाई आरोहणका लागि बन्दोबस्त मिलाउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले यस्तो घोषणा गरेका हुन् । सहयोगी बिना सगरमाथा आरोहण असम्भव रहेको छ ।
आधार शिविरमा भेला भएका करिब पाँच सय सहयोगीले सन् २०१४ लाई आरोहणमा कालो वर्षका रुपमा मनाउँदै आधार शिविर पुगेका सबैलाई फर्कन आह्वान आह्वान समेत गरेका छन् ।
सगरमाथा आरोहण सिजनको सुरुमै शुक्रबार १३ जना आरोहण सहयोगीको हिमपहिरोमा परी मृत्यु भएपछि उनीहरुले सरकारसँग माग राख्दै यस्तो निर्णय गरेका हुन् ।
आधार शिविरमा शुक्रबारदेखि हिजोसम्म सिनियर गाइड, आरोहण टोलीका नेता तथा सहयोगीहरुको बैठक बसेको थियो । बैठकले सरकारसँग सम्पूर्ण आरोहीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, आरोहणका क्रममा मृत्यु हुनेका परिवारका बालबच्चालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, आरोही सहयोगीको जीवन बिमा बढाएर २० लाख रुपैयाँ पुर्याउनुपर्ने लगायतका विभिन्न १२ बुँदे माग अघि सारेको छ ।
यस वर्ष एक नेपाली र ३० विदेशी दलका तीन सय ३४ जना आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन् ।

प्रकाशित मिति:
April 21, 2014