अमेरिकी तथा युरोपियन राजदूतलाई जेल हाल्नुपर्छ : एमाओवादी सभासद
वैशाख ८ । डिभी, पीआर र ग्रिनकाड लिएर नेपालमा सरकारी जागिर खानेलाई खोलामा बगाउँनुपर्छ भन्ने अभिव्यक्ति दिएर समान्य प्रशासन मन्त्री लालबावु पण्डित खुब चर्चामा आए । त्यो चर्चा सेलाउँन नपाउँदै अहिले फेरी एमाओवादीका सभासद् रामनारायण विडारीले सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्वन्धी संसदमा छलफल भइरहेकोे विधेयकबारे नेपालस्थित विदेशी राजदुत, मानवअधिकार उच्चाआयुक्त नेभी पिल्लेले दिएको अभिव्यक्तिलाई लिएर अर्को हगंमा मच्याएका छन् ।
उनले सोमवार राजधानीमा आयोजित एक अन्तरक्रियामा अमेरिकी तथा युरोपियन युनियनका राजदुतहरुलाई जेल हाल्नु पर्ने कडा अभिव्यक्ति दिएर अर्को अर्को हंगामा मच्याएका हुन् । पिल्लेले आफ्नो सिमा नाघेर दिएको अभिव्यक्तिको भण्डाफोर गर्ने कार्यक्रममै विडारीले उद्घोष गरे । वरिष्ठ अधिवक्तासमेत रहेका बिडारीको अर्काको देशकोे कानुन बनाउने बिषयमा अनेकथरी बोल्दै हिड्ने विदेशीहरुलाई कारबाही गर्नुपर्ने माग थियो ।
नेपालका राजदुतहरुले युरोप, अमेरिका लगायत विदेशी राष्ट्रको कानुन निर्माणका समयमा कुनै चासो देखाएमा उनीहरुले तुरुन्तै नेपाल फर्काइदिने उनले स्मरण गराए । ‘नेपालको सरकार पनि उनीहरुको जस्तो बलियो भएको भए उनीहरुलाई जेल हाल्ने या उनीहरुकै देश पठाइदिनु सकिन्थ्यो,’ उनले भने ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षीतले सरकारले ल्याएको विधेयक हतारमा ल्याइएको भन्दै यसको संसोधन र परिमार्जन गर्न जरुरी रहेको बताए । मानवअधिकारवादी सुदीप पाठकले पनि उक्त विद्येयकमा भएका कतिपय व्यवस्था तथा प्रावधानहरु संसोधन गर्न जरुरी रहेको बताए । विधेयकमा समेटीएका २२,२५,२६ र २९ नं. दफा संशोधन गरी विधेयक पारित गर्न उनले सुझाव दिए । अधिवक्ता दिनेश त्रिपाठीले विधेयकमा आममाफी जस्ता प्राबधान राखेर पीडकलाई उन्मुक्ती दिने प्रयास गरिएको भन्दै विद्येयक पिडितको हितमा नभएको आरोप लगाए ।
प्रकाशित मिति:
April 21, 2014