बाल विवाह न्युनिकरणका लागि सडक नाटक
केवी मल्ल
जाजरकोट २६ चैत्र । खलंगाको कालेगाउँमा सोमबार समाजमा बढ्दै गैरहेको बाल विवाहलाइ न्यूनिकरण गर्नको लागी सचेतनामुलक सडक नाटक गरीएको छ ।
कारीतास नेपाल जिल्ला बालकल्यान समितिको आर्थिक सहयोगमा यार्सन जाजरकोटद्धारा मंगलबार सन्चालित राष्टिय शान्ति निर्माण कार्यक्रमको वाल संरक्षण कार्यक्रम अन्तरगत जिल्ला बाल कल्यान समिति जाजरकोट र यार्सन जाजरकोटको सहकार्यमा खलंगा ९ कालेगाउँको शीवालयमा परम्परागत रुपमा लाग्ने चैते अष्ठमी मेलामा नाटक प्रदर्शन गरीएको हो ।
शिव व्यवशायीक मा.वि कालेगाउँमा गठीत नवसीर्जनशील शान्ति बाल क्लब र बहु प्रतिभा कला संरक्षण केन्द्र जाजरकोटका कलाकाबाट अभिनित उक्त सडक नाटकमा वालविवाहले पार्ने शारीरीक असर,वाल विवाह सम्वन्धि कानुनी अवस्था, यसको लागी अभिभावक, शीक्षक ,वालक्लव, नागरीक समाज आदीले खेल्ने भुमीकाको बारेमा सन्देश दीन खोजीएको थियो ।
यस सडक नाटकले बालबलिका तथा अभिभावकमा बाल विवाहको असरबारे सचेतना मिलेको र यस्ता खाले क्रीयाकलापको निरनतराले भोलकिा दीनमा समाजमा सकारात्मक प्रभाव पार्दै जाने यार्सनका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतले बताए ।
समाजमा बाल अधिकार सम्वन्धी सचेतना र वाल विवाह न्युनिकरणको लागी यस सडक नाटकले महत्वपुर्ण भुमिका खेल्ने बताउँछन् जिल्ला वाल कल्याण समितिका बाल विकास अधिकृत डम्वर रोकाया । सडक नाटक प्रदर्शनीमा करीव २०० दर्शकको उपस्थिति रहेको यार्सनका सामाजकी परीचालक सज्जनराज वि.कले बताए ।
प्रकाशित मिति:
April 09, 2014