ओलीलाई बैंकक लगियो, महाधिवेशन प्रभावित हुने आशंका
बैशाख १७ । एमाले संसदीय दलका नेता केपी शर्मा ओली थप उपचारका लागि बैंकक गएछि एमालेको आगामी नवौँ महाधिवेशन प्रभावित हुने संभावना बढेको छ । दिल्लीमा करिब डेढ महिनासम्म उपचार गरेर गत बैशाख ३ गते ओली नेपाल फर्केसँगै महाधिवेशन केन्द्रित छलफल र गुटउपगुटका भेलाले तिव्रता पाएको थियो । ‘ओली उपचारका लागि बैंकक गएपपछि महाधिवेशन प्रभावित हुने संभावना बढेको छ,’ एमालेका एक केन्द्रीय सदस्यले भने, ‘ओली स्वयमले आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी गरेकाले पनि महाधिवेशन प्रभावित हुने संभावना बढेको हो ।’ एमालेले आगामी जेठ २४ देखि ३० सम्म काठमाडौंमा महाधिवेशन मिति तोकेको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेता ओलीलाई थप उपचारका लागि बैंकक लगिएको छ । उनलाई एयर एम्बुलेन्सबाट बुधवार थाइल्यान्डको बैंकक लगिएको हो । ओलीका नीजि सचिव इन्द्र भण्डारीले दिएको जानकारी अनुशार थाईल्यान्डबाट आएका चिकित्सकसहितको तीन जना टोलीले अपरान्ह साढे ४ बजे त्रिभुवन विमानस्थलबाट बैंकक लगेका हुन् । ओलीको साथमा शिक्षण अस्पतालकी चिकित्सक डा. दिव्या सिंह शाह र ओलीका निजी सहयोगी राजेश बज्राचार्य पनि गएका छन् । ओलीको उपचार बैंककस्थित बुमरुमगार्ड अस्पतालमा गरिने भएको छ । एयर एम्बुलेन्सलार्इ सरकारले करिब ४० लाख रुपैयाँ भाडा तिरिदिने भएको छ । बैंककमा उपचार गर्दा लाग्ने सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बुझिएको छ । ओलीकी पत्नी राधिका शाक्य भने बिहीबार थाइ एयरवेजको उडानमार्फत बैंकक जाने भएकी छिन ।
शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ओलीलाई मेनेन्जाइटिस भएको पुष्टि भएपछि चिकित्सककै सल्लाह अनुसार उनलाई बैंकक लागिएको हो । ओलीलाई मेनेन्जाइटिसको आशंकामा परीक्षणका लागि भारत पठाइएको ढाडको पानीबाट मेनेन्जाइटिस भएको पुष्टि भएपछि थप उपचारका लागि बैंकका लान शिक्षण अस्पतालका चिकित्सक शशी शर्मासहितले सल्लाह दिएका थिए । बैंककमा उपचारका लागि ओलीले कम्तिमा पनि १५ दिन बस्नुपर्ने बताइएको छ । मेनेन्जाइटिस ठीक ओलीले कम्तिमा १५ दिन औषधी खानु पर्ने हुन्छ ।
गत फागुन ९ गते धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार पछि थप उपचारका लागि फागुन १८ मा दिल्ली लगिएको थियो । दिल्लीमा डेढ महिनासम्म उपचार गरेर बैशाख ३ गते नेपाल फर्केका थिए । दिल्लीको म्याक्स अस्पतालका चिकित्सक डा. अनन्तकुमारसहित उनलाई कम्तिमा तीन महिना आराम गर्न, भीडमा नजान र ५ मिनेट भन्दा बढी नबोल्न सुझाएका थिए । तर, ओली नेपाल फर्के लगत्तै पार्टीको महाधिवेशन केन्द्रित राजनीतिक गतिविधिमा निरन्तर सक्रिय भएका थिए । ओलीको सात वर्षअघि दुबै मृगौला प्रत्यारोपण गरिएको हो ।

प्रकाशित मिति:
April 30, 2014