नायिका रेखा थापाको चक्कर फेसबुकमा छताछुल्ल
अभिनेत्री रेखा थापा असामान्य प्रेममा परेकी छिन् । हिम्मतवालीका अभिनेतासमेत रहेका अपांग सुदर्शन गौतमसित गहिरो प्रेम फेसबुक वालमा पोखिएको छ । छवि ओझासित सम्बन्ध तोडेपछि रेखा एक्लै छिन् भने विवाहित सुदर्शनका श्रीमती र परिवार क्यानडामा बस्छन् । चर्चामा रहन विगतमा पनि रेखाले थुप्रै प्रोपोगान्डा रच्दै आएकी छिन् । यो उनको प्रेम हो कि प्रोपोगन्डा भन्ने खुलेको छैन ।
‘आइ मिस यू बाबा’
शनिबार अपराह्न १:०९ बजे हेलिकोप्टरको पृष्ठभूमिमा खिचिएको आफ्नो तस्बिर फेसबुक वालमा पोस्ट गर्दै अभिनेत्री रेखाले लेखिन्– आइ मिस यू बाबा । त्यही स्टाटसमा कमेन्ट गर्दै सुदर्शन गौतमले प्रेम छरपस्ट पारे । उनीहरूले बारम्बार ‘आइ लभ यू’ र ‘आइ मिस यू’ लेखे । सुदर्शनले वालमै रेखालाई चुम्मासमेत दिएका छन् । रेखाले सुदर्शनलाई बाबा र सुद्धू भनेर सम्बोधन गरेकी छिन् भने सुदर्शनले रेखालाई कान्छू भनेका छन् ।
‘सुपर डुपर लाइक्स.. म ती घन्टाहरू कति धेरै मिस गर्नेछु । ती केही घन्टामा मैले सम्पूर्ण जीवन बाँचेको थिएँ,’ रेखाको स्टाटसमा सुदर्शनको पहिलो कमेन्ट यस्तो थियो । त्यसको जबाफमा रेखाले लेखिन् ‘सुद्धू आई मिस यू लट †’ त्यसपछि सुदर्शनले लेखेका छन्, ‘तिमीविना एक मिनेट बिताउन पनि एकदमै गाह्रो छ । तिमीलाई टाढा पठाएकामा साँच्चिकै दु:खी छु ।’ अन्तिममा सुदर्शनले ‘म्वाँ’ दिएका छन् ।
स्रोत भन्छ, ‘उनीहरूले सल्लाह गरेरै यो फेसबुक प्रकरण रचेका हुन् । रेखाको आग्रहबमोजिम नै सुदर्शनले प्रेममय कमेन्ट लेखिदिएका हुन् ।’
रेखाले निर्माण गरेको हिम्मतवालीमा सुदर्शनको समेत लगानी रहेको बताइन्छ । केहीअघि सुदर्शन र रेखाको सल्लाहमा हिम्मतवालीबाट निर्देशक श्याम भट्टराईलाई आउट गरिएको थियो । त्यसपछि निर्देशनको जिम्मेवारी पनि रेखा स्वयंले सम्हालेकी थिइन् ।
नयाँ पत्रिकासित कुरा गर्दै रेखाले अपांग भएकाले सुदर्शनलाई माया गरेको बताइन् । ‘म उनलाई रियल्ली माया गर्छु,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘हाम्रो समाजमा अपांगता भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने चलन छ । म यसलाई चिर्न चाहन्छु । त्यही भएर उनलाई प्रेम गरेकी हुँ ।’ सुदर्शनलाई प्रेम गरे पनि बिहेको सम्भावना भने कम रहेको रेखाको भनाइ छ । यस विषयमा सुदर्शनसित कुरा गर्न खोज्दा उनले मोबाइल उठाएनन् ।
को हुन् गौतम ?
रामेछापमा जन्मिएका ३२ वर्षीय सुदर्शन क्यानडाको नागरिक भइसकेका छन् । उनले अघिल्लो जेठ ६ गते क्यानडाकै नागरिकको हैसियतले सगरमाथा आरोहण गरेका थिए । दुवै हात नभए पनि सगरमाथा आरोहण गरेको विश्वकीर्तिमान उनको नाममा छ ।
१३ वर्षको हुँदा ०५१ मा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरेका उनी गाडी पनि खुट्टैले चलाउँछन् । क्यानडा सरकारले ‘मोटिभेसनल गेस्ट स्पिकर’को रूपमा त्यहाँको संस्थामा बोल्न बोलाएपछि श्रीमती अम्बिका हमालसहित उनी सन् २००५ मा क्यानडा गएका थिए । क्यानडामा उनको रेस्टुरेन्ट व्यवसाय छ ।
यसो भन्छिन् रेखा
सुदर्शन मेरो चलचित्र हिम्मतवालीका अभिनेता हुन् । हिम्मतवालीमा मैले उनलाई निकै माया गरेको कथा छ । म ‘रियल्ली’ उनलाई माया गर्छु । मैले उनलाई माया गर्दा कसलाई केको टाउको दुखाइ भयो र ? उनी दुवै हात नभएका अपांग हुन् । हाम्रो समाजमा अपांगहरूलाई अहिले पनि हेयको दृष्टिले हेरिन्छ । त्यो गलत हो । त्यसैले पनि उनीप्रति माया जागेको हो ।
म उनलाई धेरै पहिलेदेखि माया गर्छु । तर, बिहे गर्ने गरी भने होइन । बिहे नै गर्नुहुँदैन भन्ने पनि त छैन । मैले पहिले बिहे गरेकै हुँ । दुवै हात–पाखुरा भएकासँग बिहे गरेर मैले के पाएँ ?
नेपालमा अहिले २६ लाख अपांग छन् । अपाङ्गहरूको ध्यान तान्ने गरी हिम्मतवाली बनाएकी हुँ । उनीसँग मेरो भेट भएको चार वर्षअगाडि हो, सगरमाथा आरोहणको क्रममा । म पनि सगरमाथा आरोहणको सोचमा थिएँ । त्यसवेला मैले मेरो फिल्ममा हिरो भएर खेल्छौ त भनेँ । उनले मलाई अभिनय आउँदैन भन्ने जबाफ दिए । पछि, मैले उनकै भूमिका हुने गरी कथा तयार पारेँ । नयाँपत्रिकाबाट

प्रकाशित मिति:
April 21, 2014