सुनिल थापा बलिउडको अर्काे फिल्म खेल्दै
लामो समयपछि मेरीकोम फिल्म मार्फत वलिउडमा फर्किएका र निकै चर्चा कमाएका नेपाली कालाकार सुनिल थापा पुनः अर्को बलिउड फिल्मामा अनुबन्धित भएका छन ।
हिन्दु टाइम्ससँगको कुराकानीमा उनले आफू एक ठूलो ब्यानरको फिल्ममा अनुबन्धित भएको बताएका छन । आफू कस्को कुन फिल्ममा खेल्दै छु भन्ने बारे अहिले बोन्न चाहान्न भनेका छन् ।
आफूलाई नेपाली दर्शकले खलपात्रको रुपमा निकै मन पराएको पुन दोहो¥याएका छन । नेपाली टोपी लगाएर आफ्नो देश नेपालका लागि अवार्ड जित्ने लक्ष्य रहेको बताएका छन ।
प्रकाशित मिति:
October 18, 2014