कोहिनूर कोरियामा प्रदर्शन हुने
नेपालमा उच्च व्यवसायिक सफलता हासिल गरेको श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्म ‘कोहीनुर’ दक्षिण कोरीयामा प्रदर्शन हुने भएको छ ।
आकाश अधिकारीको निर्देशनमा बनेको उक्त चलचित्रमा श्रीकृष्ण र श्वेता खड्काले मुख्य भुमिका निर्वाह गरेका छन् । काठमाडौंमा फिल्म चलेको दोस्रो दिन अभिनेता श्रेष्ठको भारतको गंगाराम अस्पतालमा बोन क्यान्सरवाट निधन भएको थियो ।
बिबाहपछि हनिमुन मनाउन भारतको सिमला गएकाश्रीकृष्ण अकस्मात विरामी परेपछिअस्पताल भर्ना भएका थिए भने उतै उनको निधन भएको थियो । दक्षिण कोरियामा रहेको मेची महाकाली युनाईटेडले फिल्म प्रदर्शन गर्न लागेको अध्यक्ष नविन कार्कीले जानाकारी दिए । कोरीयमा रहेका नेपाली दर्शकलाइ फिल्म देखाउने योजनामा आयोजक संस्था रहेको छ ।
प्रकाशित मिति:
October 20, 2014