स्ट्यान्डर्ड चार्टर्ड, बैक अफ काठमान्डु र नबिलले ८ प्रतिशतमै दिन थाले ऋण
वैशाख २८ । तरलताका कारण वाणिज्य बैंकहरुले घर कर्जाको ब्याज ८ प्रतिशतमा झारेका छन् । यसले घरजग्गा किन्न चाहनेका लागि ५ वर्षपछि राहत पुगेको छ।
स्ट्यान्डर्ड चार्टर्ड, बैक अफ काठमान्डु र नबिल बैंकले ८ प्रतिशत ब्याज बनाएका छन्। स्ट्यान्डर्डले त स्थायी लेखा नम्बर प्यान कार्ड भएकाहरुलाई ७ दशमलव ७५ प्रतिशतमै घरकर्जा दिने भएको छ ।
कर तिर्न प्रोत्साहन होस भनेर प्यान कार्ड लिनेहरुका लागि ब्याज घटाएका हों बैंकका ब्राण्ड मार्केटिङ र कर्पोरेट प्रमुख दिवाकर पौडेलले भने। बैंक अफ काठमाण्डुले राजधानीमा आयोजित घरजग्गा मेलामा अन्य सेवा शुल्कमा सहुलियत दिएर ग्राहक आकर्षित गर्ने प्रयास गरिरहेको खबर कान्तिपुरमा छापिएको छ ।
यो मेलामा ल्याइएको बिशेष योजना हो बैंक अफ काठमाण्डुका उपभोक्ता कर्जा प्रमुख बुद्धप्रसाद मानन्धरले भने बजारमा ठूलो उतारचढाव भएन भने केही समय यो योजना लागू रहन्छ। २०६६ पुसमा राष्ट्र बैंक ऋण नउठ्ने भन्दै नियन्त्रण गर्ने निर्देशन जारी गरेको थियो।

प्रकाशित मिति:
May 11, 2014