अश्लिल साइट खोल्नेहरु भाईरस र ह्याकरको निशानामा
के तपाई अश्लिल साइटहरु हेर्ने गर्नु भएको छ ? त्यसो भए होस् पुर्याउनुहोस् । अश्लील साइटहरु खोल्दा इन्टरनेट प्रयोगकर्ता थाहै नपाईकन ह्याकरको निसानामा पर्छन्। त्यसो त कुनै पोर्न साइट आफै भाइरसजन्य नहुन पनि सक्छन्। तर,पोर्न साइटमा देखिने विज्ञापनमा यस्ता मालवेयर हुन्छन् र तीनीहरुले इन्टरनेट प्रयोगकर्ताको कम्प्युटरमा भाइरस छिरादिने गर्छन्।
चर्चित पोर्न साइटहरु ब्राउज गर्दा प्रयोगकर्ताहरु जोखिममा परेका र इन्टरनेट ह्याक हुने खतरा बढीरहेको एक अध्ययनले देखाएको छ ।
शोधकर्ता कोनराड लङमोरका अनुसार पोर्न साइटहरुमा देखाइने विभिन्न खालका विज्ञापनमार्फत भाइरसजन्य फाइलहरु डाउनलोड भइरहेको प्रयोगकर्ताले पत्तै पाउँदैनन्।
अध्ययन अनुसार अश्लील साइट खोल्ने तीनजनामा एक जना मात्र प्रयोगकर्ता महिला हुन्छन्। यस्तै ७० प्रतिशत प्रयोगकर्ता १८ देखि २४ वर्ष उमेरसमूहका रहेको पाइएको छ ।
प्रकाशित मिति:
May 11, 2014