बाबुरामका मान्छे फकाउँदै प्रचण्ड
वैशाख २८ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाबुराम भट्टराई पक्षधर नेताहरु फकाउन थालेका छन् ।
उनी पछिल्लो समय नेतृत्वप्रति तीव्र असन्तुष्ट बाबुराम भट्टराई पक्षलाई फकाउन सक्रिय भएका हुन्।
पार्टीको राष्ट्रिय सम्मेलनमा आफूले प्रस्तावित गरेको केन्द्रीय समितिमा बस्न अस्वीकार गर्दै समापन समारोह बहिष्कार गरेका नेता भट्टराई पक्षधरसँग उनले दिनहुँ भेटवार्ता र छलफल गरिरहेका खबर आजको नागरिकमा छापिएको छ।
भेटघाटमा संलग्न भट्टराई निकट नेताहरुका अनुसार दाहाल असन्तुष्टलाई केन्द्रीय समितिमा फर्काएर मात्र अघि बढ्ने मनस्थितिमा छन्।
लाजिम्पाटस्थित निजी निवास र पार्टी मुख्यालय पेरिसडाँडामा भट्टराई निकट नेताहरुलाई भेटेर दाहालले पार्टीलाई विभाजनबाट जोगाउने विषयमा छलफल गरिरहेको उनी निकट स्रोतको भनाइ छ।
यही क्रममा शनिबार लाजिम्पाटस्थित निवास डाकिएका भट्टराई निकट नेता देवेन्द्र पौडेललाई दाहालले ‘भट्टराई तिब्बतबाट फर्केपछि सल्लाह गरेर अघि बढ्नेु प्रतिबद्धता जनाए। ‘अध्यक्षले बाबुरामजी लगायत तपाईहरुलाई बाहिर राखेर अघि बढ्दिनँ, त्यसका लागि बाबुरामजी नेपाल फर्केलगत्तै सल्लाह गरेर अघि बढ्नेछु भन्नुभयो, पौडेलले भने, ‘मैले पनि भिन्न विचार राखेकै आधारमा तपार्इं त्यसरी आक्रामक हुनुहुँदैनथ्यो भनेँ। दाहाललाई सबैलाई केन्द्रीय समितिमै फर्काएर मात्र अघि बढ्ने मनस्थितिमा आफूले पाएको पौडेलले जनाए।
विराटनगरमा गत बुधबार सम्पन्न राष्ट्रिय सम्मेलनमा दाहालले एकलौटी गर्न खोजेको, भिन्न मत राखेकै आधारमा माइनस गर्न खोजेको, संगठनको बलमा आफ्नो समूहलाई कमजोर बनाउन खोजेको भन्दै भट्टराईसहित उनी पक्षधर नेताले केन्द्रीय समिति सदस्य पद अस्वीकार गरेका थिए।

प्रकाशित मिति:
May 11, 2014