बढ्यो जन्डिस जोखिमः ८ को मृत्यु, १ हजार बढी अस्पतालमा उपचाररत
वैशाख २७ । विशेष गरी दूषित पानीका कारण लाग्ने 'जन्डिस'का कारण अहिलेसम्म कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
तीन सातादेखि विराटनगरमा फैलिएको जन्डिसका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
६ जनाको विराटनगर, १ को भारतीय अस्पतालमा र एकको काठमाडौ उपचारको लागि ल्याइदै गर्दा मृत्यु भएको हो ।
विभिन्न स्थानीय सरकारी र निजी अस्पतालमा शुक्रबारसम्म १ हजार १ सय २७ जना उपचाररत रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
काठमाडौं र भारतका विभिन्न सहरमा उपचारका लागि जानेको संख्या निकै रहेको बताइएको छ ।
हेपाटाइटिस ई को भाइरस शरीरमा प्रवेश गरेको १४ देखि ६० दिनसम्म असर गर्ने भएकाले अझै केही दिन बिरामीको चाप रहने चिकित्सकहरुले बताएका छन् ।
यता, प्राविधिकहरुले भने खानेपानी संस्थानद्वारा वितरित पानीमा ढल मिसिएकाले जन्डिसको प्रकोप फैलिएको दाबी गरेका छन् ।
ढलका कारण पानीमा दिसामा पाइने 'कोलिर्फम' नामक जीवाणु फैलिदाँ प्रकोपको रुप लिएको उनीहरुको दाबी छ ।
विराटनगरमा सबै घरमा खानेपानी सप्लाई नभएका क्षेत्रमा पनि बिरामी भेटिएकाले जन्डिस फैलनुमा अर्को कारण पनि हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति:
May 10, 2014