हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृती पाइने
जेठ २ । हस्तलिखित राहदानीमा पनि डिसेम्बरसम्म श्रम स्वीकृती पाइने भएको छ । वैदेशिक रोजगार विभागले तीन महिनाअघि गरेको जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिनेु निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले सच्याएको हो ।
मन्त्रालयले नयाँ श्रम स्वीकृत लिएर जाने कामदारलाई एमआरपी र बिदा वा काम विशेषलाई स्वदेश आएर फर्किनेलाई पुरानै राहदानीमा श्रम स्वीकृति वा नवीकरण गरिदिने निर्णय गरेको छ ।
नयाँ श्रम स्वीकृति लिएर जाने कामदारलाई भने एमआरपी नै बनाउन भनिएको छ ।
प्रकाशित मिति:
May 16, 2014