निर्मल प्रधानले किन्न थाले एनबी बैंकको सेयर, सस्तोमा पाउन मुस्किल !
जेठ २ । सेयर बजारका ठूला खेलाडी निर्मल प्रधानले नेपाल बंगलादेश बैंकको सेयर खरिद प्रक्रिया थालेका छन् ।
प्रधान र उनका निकटस्थ शंकर श्रेष्ठले बेचेको सेयर नामसारी हुन सकेको छैन भने सर्वसाधरणले भुक्तानी समेत पाउन सकेका छैनन् । नेपाल धितोपत्र बोर्डले बिहीबार १० गतेसम्मका लागि स्रोत भर्ना गर्न र त्यसको जानकारी दिन भनेर नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिएपछि सेयर खरिद गरेर सर्वसाधरणलाई दिनका लागि प्रधानले खरिद प्रक्रिया थालेको स्रोतले बताएको छ ।
बिहीबार ढिला गरी उक्त निर्देशन स्टकमा आएको थियो । निर्देशनसँगै सेयर कारोबार खुल्ला गरिएका प्रधानले ब्रोकर नम्बर ५६ बाट करिब ९ हजार कित्ता सेयर खरिद गरेको स्रोतको दाबी छ । फ्लोरसिटमा ५६ बाट लगातर ८ पटकमा ६ सय २६ देखि ३० का बिचमा सेयर खरिद गरिएको उल्लेख छ ।
निर्मल प्रधानले १० दिनभित्र सेयर खरिद गरेर जसरी पनि विवाद समाधान गराउनुपर्ने बाध्यता रहेपछि एनबीको सेयर केही समय निक्कै माथि पुग्ने देखिएको छ । लगानीकर्ताले उच्च मूल्य राखेपनि सोही मूल्यमा प्रधानले किन्नुपर्ने बाध्यता रहेकाले यसको सेयर मूल्य वृद्धि हुन सक्ने भएको हो ।
तर, प्रधान ठूला खेलाडी भएकाले सानो कित्ताले घटाउने र ठूलो कित्ता किन्ने उनको दाउ हुने धेरैको अनुमान छ । त्यसो त, बिहीबार नै अन्तिममा १० कित्ताले अघिल्लो कारोबार ६३० भएकोमा अन्तिम कारोबार ६४१ मा पुर्याइएको छ । यसरी सानो कित्ताले मूल्य माथि पुर्याउने खेल भएमा प्रधानले महंगो मूल्य पनि चुकाउनुपर्ने देखिन्छ ।
नेपाल बंगलादेश बैंकको कति कित्ता सेयर नामसारी हुन नसकेको भन्ने विषय अझै खुल्न सकेको छैन । तर, बैशाखमा प्रधान र श्रेष्ठको नाउँमा एनबी बैङ्कमा रहेको झण्डै दुई लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री भएको थियो । सोही सेयर नामसारी हुन नसकेको हो ।
यसअघि प्रधानको नामको सेयर नामसारी हुन नसकेपछि नेम्सेले प्रधान र श्रेष्ठको कारोबार समेत रोकिदिएको थियो ।
एनबीको सेयर विवाद अदालतमा समेत विचारधिन छ । यता, नामसारी हुन र भुक्तानी नपाएका सर्वसाधरण भने पीडित बनिरहेका छन् ।
अर्कातर्फ विवादका कारण बैंकको साधारणसभा समेत स्थगित हुन पुगेको थियो । यसअघि बैंकले फागुन २७ गते साधारणसभा गर्ने तयारी गरेको थियो। गत आर्थिक वर्षको मुनाफाबाट बंगलादेश बैंकले १० प्रतिशत बोनस सेयर र ७.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
एनबीको सेयर विवाद अदालतमा समेत विचारधिन छ । यता, नामसारी हुन र भुक्तानी नपाएका सर्वसाधरण भने पीडित बनिरहेका छन् ।
अर्कातर्फ विवादका कारण बैंकको साधारणसभा समेत स्थगित हुन पुगेको थियो । यसअघि बैंकले फागुन २७ गते साधारणसभा गर्ने तयारी गरेको थियो। गत आर्थिक वर्षको मुनाफाबाट बंगलादेश बैंकले १० प्रतिशत बोनस सेयर र ७.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
प्रकाशित मिति:
May 16, 2014