मोदीलाई सरकार बनाउने गरी बहुमत
![]() |
जितपछि खुसी मनाउँदै मोदीका समर्थकहरु । |
५४३ सदस्यीय लोकसभामा भाजपा एक्लैले २ सय ७५ सिटमा विजय हात पारिसकेको छ । यो सँगै प्रधानमन्त्रीका उम्मेदवार मोदी अब नयाँ प्रधानमन्त्री बन्ने पाटो खुलेको छ । यसअघि १९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कांग्रेस आईले एक्लै बहुमत ल्याएको थियो । त्यसपछि कसैले पनि बुहमत पाएका छैनन् ।
लोकसभामा बिजेपी नेतृत्वको एनडीए गठबन्धनले ३ सय २३ स्थानमा जित हासिल गरेको छ । सत्तारुढ कांग्रेस आईले जम्मा ४२ स्थान जितेको छ । कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले ५४ सिटमात्रै जितेको छ । यसैगरी आम आदमी पार्टीले ४ स्थान, अकाली दलले ४ र शिवसेनाले १८ सिटमा बिजय हासिल गरेका छन् ।
प्रकाशित मिति:
May 16, 2014