प्रचण्ड र भट्टराईबीच भागबन्डामा कुरा मिल्यो
जेठ ३ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईबीच भागबन्डाका विषयमा कुरा मिलेको छ ।
दुई नेताबीचको छलफलपछि हेडक्वाटरमा भट्टराई पक्षका तीन जना नेता रहने भएका छन् ।
शनिबारको छलफलमा दुई नेताबीच हेडक्वाटर भागवण्डामा सैद्धान्तिक सहमतसँगै अब भट्टराई पक्ष केन्द्रीय समितिमा फर्कने भएका छन् । नेताहरु सहमति नजिक पुगेपछि शनिबार बोलाइएको केन्द्रीय समिति बैठक सोमबारसम्म स्थगित भएको छ ।
भट्टराईको अनुपस्थितिमा शुक्रबार बसेको बैठकमा प्रचण्डले एजेण्डा मात्र पेश गरेका थिए ।
प्रचण्ड र भट्टराईबीच ७ वा ९ सदस्यीय पदाधिकारी टिम बनाउने सहमति भएको जनाइएको छ । जस अन्तर्गत तीन जना भन्ने सैद्धान्तिक सहमति भएको बताइएको छ । हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ पक्षधरलाई पनि मिलाउने विषयमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ ।
यता, राष्ट्रिय सम्मेलनले घोषणा गरेको केन्द्रीय समितिमा जुटेकाहरुलाई समेटेर १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने पनि सहमति भएको छ ।
प्रकाशित मिति:
May 17, 2014