गवलपौराणिकको लडाईले सुपरिचित पाँचकाटिया
दिप बहादुर घर्ति
जाजरकोट १३ जेठ । जाजरकोटको पाँचकाटिया धेरै ठाउँका लागि पौराणिक धार्मिक लडाईको ऐतिहासिक मान्यताले सुपरिचित र बहुचर्चित रहेको छ । प्राकृतिक सुन्दरता, पौरानिक धार्मिक लडाईको ऐतिहासिक मान्यताले पाँचकाटिया नाम धेरै ठाउँमा सुपरिचित भएको हो ।
एक जमानामा पाण्डव र कौरव विचको लडाई हुदा कौरवलाई पाण्डवका पाँच भाईले काटेर लडाई जितेको ठाउँका रुपमा पाँचकाटिया सुपरिचित छ । हाल पनि पाँचकाटियामा रहेका फाँटिला जग्गाका चौरहरुलाई पाण्डवका ५ भाई र कौरवको दुत चिन सुतेका मैराहरु भएको भन्ने मान्यता राख्दै आईएको छ । ऐतिहासिक आस्थाजनहरुका लागि यस ठाउँ निकै प्रिय रहेको छ । सदरमुकाम खलंगा देखि उत्तरतिर रहेको पाँचकाटिया ८ कोष टाँडा रहेको छ । त्यहा ब्यापार ब्यबसायका लागि उत्तम ठाउका रुपमा मानिदै आएको छ । जाजरकोट देखि जुम्ला जोड्ने मोटरवाटोको एक मुल गेटकै रुपमा मानिदै आएको छ । खेतिपातीमा जिल्लाकै आलु खेतिका लागि उत्तम ठाउँ मानिदै आएको छ ।
पाँचकाटियाको उत्तरपूर्वमा गाईखुर रहेको छ । ढुङ्गाकोआफैवनेको गाईको खुर रहेको देवताको थान छ । उक्त थानमा बैसाख पूर्णिमामा पुजा गरी मेला लगाईन्छ । पाँचकाटिया देखि पश्चिममा गोरु जुझ्या, गुन्ट्या ढुङ्गा रहेको छ । सत्य युगमा गोरु चराउन जंगलमा लिदा गोरुजुझेको भन्ने ऐतिहासिक मान्यता रहेको छ । त्यहा अहिले पनि ढुङ्गाका जुझ्न थालेको गोरुका आकारहरु रहेका छन । गोरु जुझेको स्थानवाट अझ पश्भिम तिर जाने हो भने गुन्ट्या ढुङ्गा भेटिन्छ । त्यसलाई चोर ढुङ्गा पनि भनिने गरिन्छ । उक्त ढुङ्गा एक जना ब्यापारीको कपडाको गुन्टोलाई चोरले चोरेर रातिनै भाग्दै गर्दा विहानी ( उज्यालो ) भएपछि चोरले त्यहि छोडेर भागेपछि कपडाको गुण्टो ढुङ्गामा परिणत भएको भन्ने पौरानिख मान्यता रहेको छ । अहिले पनि हेर्दा उक्त ढुङ्गाको स्वरुप कपडाको गुण्टा जस्तै लाग्छ ।
यति धेरै ऐतिहासिकतामा रहेको पाँचकाटियामा गाई, भैसी पालन गर्ने किसानहरुका लागि असाढ, श्रावण महिना लागेपछि गाई, भैसी पालनका लागि गोठ लैजान अत्यन्तै उक्तम ठाउका रुपमा धेरै लामो समय सम्म रहेको पाईन्छ । पाँचकाटियामा मान्छेलाई बसोवास गर्नका लागि प्यारो लाग्न थालेको धेरै बर्ष भएको छैन मात्र ४२/४३ बर्ष भएको छ । ४२/४३ बर्ष पहिले ढिमेका एक जना आर्मिले विवाह गरेर बर्मावाट ल्याएकी लवरेनी बुढी, डाडाँगाउँ करुवावाट करुवाले मुखिया, रुकुमको सहरेवाट सरेल वुढा, दार्मावाट गोरख बहादुर खत्री, दम्दालावाट लवरेधामि वुढाहरुको बसोवासवाट सुरुवात भएको मानव बस्तिको आज झण्डै ८०÷९० कुरियाको बसोबास रहेको छ ।
पाँचकाटिया जाजरकोटमा रहदा सम्म सबैको मनमस्तिष्कमा रहिराख्ने आईराख्ने नाम हो । जिल्लाका सबै स्थानहरुमा रहेका ईलाका प्रहरी कार्याल तथा प्रहरी चौकीहरु विगत द्धन्दको वेला उठेर विस्थापित भएपनि पाँचकाटिया प्रहरी चौकी लामै समय सम्म प्रहरी प्रशासनले नउठाएको स्थानिय बलबहादुर खत्री बताउछन । उनीले विगत द्धन्दरत माओवादीले पनि पाँचकाटियामा आफ्नो कब्जा जमाउन २०५७ साल जेष्ठ २७ गते प्रहरी चौकी कब्जा गरे भने ।
प्राकृतिक सुन्दरता र यति धेरै ऐतिहासिक पृष्ठभुमि बोकेको पाँचकाटियालाई स्थानिय प्रर्यटकहरुको प्रवर्दनका लागी तत्काल सदन बस्ति विकासको आवश्यकता रहेको ढिमे भुपू गाविस अध्यक्ष कर्णबहादुर थापाले वताए । उनीले सदन बस्ति विकास संगसंगै मोटरवाटो, खानेपानी, विद्युतको अनिवार्य आवश्यक रहेको छ भने । आफ्नो साम्राज्यका लागि पाँचकाटियामा सबैको आँखा लागेपनि भौतिक पूर्वाधार निर्माणका लागी पाँचकाटियालाई कसैले सम्झन नसकेको भन्दै स्थानिय पूर्ण बहादुर खत्री निकै आक्रोसित भए ।
सदरमुकाम खलंगा देखि २४ किलोमिटर रहेको पाँचकाटियाको मोटरवाटो टर्याक खोल्ने काम सिद्धिएको ४ बर्ष विति सकेको छ तर सहज रुपमा ट्याक्टर गुढ्न सकिरहेका छैनन । ९/१० बर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाले बाक्लीदै गएको जनसंख्यालाई प्रायाप्त प्युने पानी पुग्न सकिरहेको छैन ।

प्रकाशित मिति:
May 27, 2014