राससका १ सय १४ को सेवा अवधि नवीकरण भएन, महासंघको आपत्ती
काठमाडौँ, १२ जेठ । नेपाल पत्रकार महासङ्घको आजको सचिवालय बैठकले राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत एक सय १४ जना जिल्ला समाचारदाता तथा कर्मचारीको सेवा अवधि नवीकरण नगरेकामा ध्यानाकर्षण जनाएको छ ।
बैठकले श्रमजीवी पत्रकार ऐन, २०५१ कार्यान्वयन नभएको र सरकारी स्वमित्वमा रहेका सञ्चार माध्यमबाटै त्यसको उलङ्घन भएकामा आपत्ति जनाइएको छ ।
बैठकपछि महासङ्घका महासचिव उजिर मगरले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राससलगायत सबै सरकारी स्वामित्वका सञ्चारगृहमा श्रमजीवी पत्रकारको श्रमको सम्मान गर्नुको सट्टा म्याद थप नगरी मानसिक तनाव दिने कार्य तत्काल रोक्न आग्रह गर्दछौ ।’
श्रमजीवी पत्रकारका विरुद्ध हुने कुनै पनि निर्णयको विपक्षमा उभिने जनाउँदै महासङ्घले पत्रकारले कार्यरत संस्थामा क्रियाशील रही व्यावसायिक क्षमता देखाउन आव्हान पनि गरेको छ । राससका मासिक ज्यालादारी र स्ट्रिन्जरका तर्फबाट यही जेठ ९ गते महासङ्घलाई सो विषयमा ज्ञापनपत्र दिइएको थियो ।

प्रकाशित मिति:
May 27, 2014