प्रचण्डका विरुद्ध भट्टराईद्धारा फरक मत दर्ता
वैशाख २० । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टाईले फरक मत दर्ता गरेका छन् । भट्टराईले फरक मत दर्ता गर्दै प्रचण्डको प्रतिवेदनले समाधान नदिने दाबी समेत गरेका छन् ।
विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा फरक मत राख्दै भट्टराईले प्रचण्डको दस्तावेज यथार्थपरक नभएको भन्दै तत्काल महाधिवेशनको माग गरेका छन् ।
भट्टराईको सात बुंदे फरक मत राखेर मस्यौदामाथि असहमति जनाएका हुन् । सात बुँदामा उनले हेडक्वार्टरमा नयाँ शक्ति निर्माण, नेतृत्व हस्तान्तरण, कार्यशैली सुधार, आर्थिक क्रान्ति, समावेशी लोकतन्त्रलगायत बुँदासहितको प्रस्ताव दर्ता गरेका हुन् ।
उनले प्रचण्डको प्रतिवेदनले पुरानै भएको टिप्पणी गर्दै त्यसले समाधान नदिने दाबी समेत गरेका हुन् ।
प्रकाशित मिति:
May 03, 2014