काठमाडौं पत्रकार महासंघको सदस्यता शुल्क घट्यो
जेठ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नविकरण सदस्यता शुल्क घटाइएको छ । यसअघि नविकरण शुल्क ७ सय लिँदै आएकोमा अब ६ सयमा गर्ने निर्णय गरिएको हो । नयाँ सदस्यताका लागि भने ११ सय नै लाग्ने बताइएको छ ।
महासंघ काठमाडौं शाखाको नविकरण सदस्यता पनि खुल्ला गरिएको छ । तर, नयाँ सदस्यता भने खुलाइएको छैन । नविकरणका लागि महासंघको कृषि विकास बैंकको खातामा ६ सयको भौचर र सम्बन्धित संस्थाको सिफारिस आवश्यक पर्ने शाखाले जनाएको छ ।
यसअघि नविकरण शुल्क बुझाउँदा पनि कतिपयको नविकरण नभएको, नविकरण शुल्कमा अपारदर्शिता भएको भन्दै महासंघ काठमाडौं शाखाले यो पटकदेखि भौचर प्रणाली ल्याएको सचिव रामकृष्ण अधिकारीले जानकारी दिए । अघिल्लो पटक शुल्क बुझाएका ५ जनाको नविकरण भएको थिएन ।
शाखाको बैठक बसी, पत्रकार महासंघ केन्द्रले देशभरीबाट प्रतिनिधित्व हुने गरी महिला राष्ट्रिय भेला सम्पन्न गरे पनि काठमाडौं शाखालाई जानकारी नै नदिएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।
प्रकाशित मिति:
May 30, 2014