सभाषदका क्रियाकलापबारे तन्नेरी चासोद्धारा पुस्तक सार्वजनिक
जेठ १७ । संविधान जारी गर्न नसकी विघटन भएको पहिलो संविधान सभामा आवद्ध सभासदहरुले गरेका क्रियाकलापहरुबारे पुस्तक प्रकाशन भएको छ । तन्नेरी चासोले उक्त पुस्तक प्रकाशन गरेको हो ।
पुस्तकको शुक्रबार एक समारोहका विच सभासद एवं पूर्व उर्जामन्त्री गोकर्ण विष्ट, कांग्रेस सभासद डिना उपाध्याय, रामहरी खतिवडा र नेपाल परिवार दलका सभासद मिलन कुमारी राजवंशीले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।
पुस्तकमा पहिलो संविधानजसभामा संलग्न सभासदहरुले गरेका नकरात्मक कार्यहरुको वारेमा चर्चा गरिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै सभासद गोर्कण विष्टले युवाहरुले गरेको यो कामले सभासदलाई जिम्मेवार बन्न सहयोग पु¥याउने बताए । पुस्तकले राजनीति गर्नेहरुलाई गम्भिर बनाएको विष्टको भनाई थियो ।
राजनैतिक उत्तरदायित्वका लागि काम गरिरहेको संस्था तन्नेरी चासोले प्रकाशन गरेको पुस्तक सबै सभासदलाई उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै कांग्रेस सभासद रामहरी खतिवडाले काम गर्न नसकेका कारण नै पहिलो संविधानसभाका धेरै नेताहरुले सार्वजनिक स्थलमा दूव्र्यवहार भोग्नुपरेको भन्दै राजनीतिज्ञहरुले आफ्नो व्यवहार सुधार गर्नैपर्ने बताए ।
पुस्तक सार्वजनिक गर्दै कांग्रेस सभासद डिना उपाध्यायले पुस्तकले आफुलाई थप जीम्मेवार भएको वताउनुभयो । ‘पुस्तकमा मेरो नाम पनि सम्पत्ती विवरण नवुझाउनेमा परेको रहेछ । त्यसै भएर मैले यस वर्ष अस्ति नै सम्पत्ती विवरण वुझाईसकेको छु’ उपाध्यायले भने ।
गलत कुराहरुको मात्रै पुस्तकमा उल्लेख गरिएको भएपनि त्यसले सकरात्मक सन्देश छोडेको नेपाल परिवार दलकी सभासद मिलन कुमारी राजवंशीले बताइन् ।
कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ मानवअधिकारकर्मी शुसिल प्याकुरेलले स्थानिय निकाय निर्वाचन नभएका कारण भ्रष्टचार बढ्दै गईरहेको बताए । पछिल्लो समयमा राजनीति सहि हुन नसक्दा समाज अराजकतातर्फ गईरहेका कारण जनताको खबरदारी अत्यन्तै आवश्यक भएको उनको भनाई छ ।
प्रकाशित मिति:
May 31, 2014