नेपाल एसीसी च्याम्पियन्सिपमा छनोट, हङकङ ७ विकेटले पराजित
बैशाख २२ । नेपालले क्रिकेटमा एकपपछि अर्को सफलता प्राप्त गरेको छ ।
नेपालले मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले
पराजित गर्दै नयाँ इतिहास रचेको छ ।
यो जितसँगै नेपाल एसीसी च्याम्पियन्सिपका लागि समेत छनोट भएको छ । केही समय पहिला मात्र बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकपमा चमत्कारिक प्रदर्शन गरेर नेपाललाई विश्व सामू चिनाएको नेपालले एसीसी च्याम्पियन्सिपका लागि समेत छनोट भएर नेपालको गौरव बढाएको छ ।
नेपालले हङकङलार्इ हराएपछि नेपालसँगै अफगानिस्तान, ओमान र युएर्इ पनि च्याम्पियन्सिपका लाग छानिएका छन् ।
नेपालसँगको हारसँगै आयोजक मलेसिया र हङकङ भने प्रतियोगिताबाट बाहिरिएका छन् । हङकङलार्इ हराएपछि नेपाल अंक तालिकाको रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपालसँगै अफगानिस्तान र ओमानको पनि समान ६–६ अंक छ । रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ, भने नेपाल दोस्रो र ओमान तेस्रो स्थानमा छ ।
सुरूमा १ सय ८२ रनको लक्ष्य पाएको नेपालले वर्षातले प्रभावित भएपछि डीएल मेथोडका आधारमा ३८ ओभरमा छोट्याइएको खेलमा १ सय ४४ रनको लक्ष्य पाएको थियो । नेपालले पाएको नयाँ लक्ष्य ३ विकेटको क्षतिमा ३४ दशमलब १ ओभरमा भेट्टाएको हो ।
प्रकाशित मिति:
May 05, 2014