चौथो पटक सर्यो एमाले महाधिवेशन

एमाले अध्यक्ष झलनाथ खनालले दस्तावेज लेखनका लागि समय नपुगेको भन्दै केही दिन अघि बसेको स्थायी समितिमा महाधिवेशन एक महिना सार्न प्रस्ताव राखेको थिए । खनालको उक्त प्रस्तावलाई स्वीकार गर्दै केन्द्रीय कमिटि बैठकले महाधिवेशन एक महिना पर सारेको हो ।
२०६५ सालमा बुटबलमा सम्पन्न आठौं महाधिबेशनबाट निर्वाचित बर्तमान केन्द्रीय नेतृत्वको पदावधी यहि फागुन १३ गतेबाट समाप्त भएको छ । निर्धारित मितिमै महाधिवेन गर्नु पर्ने विधानमा व्यवस्था भए पनि संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आ–आफ्नै तर्कका कारण महाधिवेशन मिति यस अघि पनि अनिर्णित बन्दै आएको थियो ।
यस पटक पनि नेताहरुले महाधिवेशन मिति सार्नुलाई दस्तावेज लेखनका लागि समय अभाव भएको भने पनि त्यसको भित्रि रहस्य भने अन्य कुरा नै भएको एक नेताले बताए । ‘महाधिवेशन मिति सारेकै भोलिपल्ट अध्यक्ष खनाल २० सदस्यीय एमाले टोलीको नेतृत्व गरेर चीन भ्रमणमा जानु, नेता ओली उपचारका क्रममा विदेशमा रहनु जस्ता कुराले पनि महाधिवेशन सर्न पुगेको हो,’ ती नेताले भने ।
प्रकाशित मिति:
May 05, 2014