लुम्बिनी परिसरमा बुद्धसँगै देखिए दलाई लामा !
वैशाख ३१ । इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेको मानिन्छ ।
भगवान बुद्धको जन्म र बुद्धत्व प्राप्त गरेको दिन आज अर्थात प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । यस दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ । शान्ति र अहिसाको प्रतिकका रुपमा बुद्ध विश्वभर परिचित हुँदा भारतीय पक्षले भने बेलाबखत बुद्धको जन्म भारतमा भएको भनेर भ्रम समेत फिजाउँदै आएका छन् । उनीहरुले पाठ्यपुस्तकमा नै बुद्धको जन्म भारतमा भनेर समेत प्रचार गर्ने गरेका छन् । यसको विश्वभरका नेपालीहरुको तिब्र विरोधपछि पछिल्ला दिनमा यस्ता प्रचार केही कम हुँदै गएका छन् ।
तर, खासै चर्चा नै नभएको अर्को विषय के छ भने लुम्बिनी परिसरमा नै बुद्धसँगै एक स्तुपामा तिब्बती धार्मिक नेता दलाई लामाको तस्बीर समेत राखिएको हेलोखबर डटकमले पाएको छ ।
पश्चिमा राष्ट्र जर्मनीका एक नागरिकको सहयोगमा तारा फाउन्डेनद्धारा लुम्बिनी परिसरमा बनेको स्तुपा भित्र भित्रि गेटबाट पस्ने बित्तिकै उक्त तस्बीर देख्न सकिने छ । गेटको सिधा अगाडी माथि भगवान बुद्ध र तल भने दलाई लामाको तस्बीर राखिएको छ । कुनै तिब्बतीयनसँग सम्बन्धित भन्दा पनि जर्मनसँग सम्बन्धित नागरिकद्धारा बनेको स्तुपामा कसरी दलाई लामाको तस्बीर राखियो भन्ने विषय भने खुल्न सकेको छैन । हेर्दा सुन्दा यो विषय सामान्य लागेपनि नेपाल र छिमेकी राष्ट्र चीनका लागि भने कुटनीतिक तवरमा निक्कै ठूलो इस्यु समेत बन्न सक्ने सम्भावना छ ।
दलाई लामाको तस्बीरहरु नेपालमा कमै मात्रै पाइने गरेपनि भगवान बुद्धको जन्मस्थल परिसरमा नै सजाएर राखिनुले एक चीन नीति अगालेको नेपाल सरकारलाई अप्ठ्यरो परे नपरे पनि यसले चिनियाँ सरकारलाई भने झस्काउने देखिएको छ ।
फ्रि तिब्बतका लागि सक्रिय दलाई लामा समर्थक तिब्बतीहरु नेपालमा पनि आत्मदाह जस्ता क्रियाकलापमा सक्रिय रहन थालेपछि सरकारले कडाई गर्दै आएको छ । उनीहरुलाई नेपालमा कुनै पनि क्रियाकलपा सार्वजनिक रुपमा गर्न दिइएको छैन ।
तर, पश्चिमा राष्ट्रहरु र भारतीय पक्ष भने दलाई लामाको समर्थन गर्दै आएका छन् । उनीहरुले विभिन्न तवरले फ्रि तिब्बतका पक्षधरहरुलाई समर्थन गर्दै आएका छन् । तर, नेपालले भने चिनियाँ सरकारसँग पटक पटक एक चीन नीतिप्रति प्रतिवद्ध हुने प्रतिवद्धता दोहोर्याउँदै आएको छ ।
मानव अधिकारका हिसाबले दलाई लामाको तस्बीर राख्न पाउनु अधिकार भएपनि विवादमा रहेका दलाई लामाको तस्बीरलाई विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनी परिसरमा नै राख्न पाउने या नपाउने महत्वपूर्ण विषय हुने विश्लेषण गरिएको छ ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेको मानिन्छ ।
गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ । शान्ति र अहिसाको प्रतिकका रुपमा बुद्ध विश्वभर परिचित हुँदा भारतीय पक्षले भने बेलाबखत बुद्धको जन्म भारतमा भएको भनेर भ्रम समेत फिजाउँदै आएका छन् । उनीहरुले पाठ्यपुस्तकमा नै बुद्धको जन्म भारतमा भनेर समेत प्रचार गर्ने गरेका छन् । यसको विश्वभरका नेपालीहरुको तिब्र विरोधपछि पछिल्ला दिनमा यस्ता प्रचार केही कम हुँदै गएका छन् ।
तर, खासै चर्चा नै नभएको अर्को विषय के छ भने लुम्बिनी परिसरमा नै बुद्धसँगै एक स्तुपामा तिब्बती धार्मिक नेता दलाई लामाको तस्बीर समेत राखिएको हेलोखबर डटकमले पाएको छ ।
दलाई लामाको तस्बीरहरु नेपालमा कमै मात्रै पाइने गरेपनि भगवान बुद्धको जन्मस्थल परिसरमा नै सजाएर राखिनुले एक चीन नीति अगालेको नेपाल सरकारलाई अप्ठ्यरो परे नपरे पनि यसले चिनियाँ सरकारलाई भने झस्काउने देखिएको छ ।
फ्रि तिब्बतका लागि सक्रिय दलाई लामा समर्थक तिब्बतीहरु नेपालमा पनि आत्मदाह जस्ता क्रियाकलापमा सक्रिय रहन थालेपछि सरकारले कडाई गर्दै आएको छ । उनीहरुलाई नेपालमा कुनै पनि क्रियाकलपा सार्वजनिक रुपमा गर्न दिइएको छैन ।
तर, पश्चिमा राष्ट्रहरु र भारतीय पक्ष भने दलाई लामाको समर्थन गर्दै आएका छन् । उनीहरुले विभिन्न तवरले फ्रि तिब्बतका पक्षधरहरुलाई समर्थन गर्दै आएका छन् । तर, नेपालले भने चिनियाँ सरकारसँग पटक पटक एक चीन नीतिप्रति प्रतिवद्ध हुने प्रतिवद्धता दोहोर्याउँदै आएको छ ।
मानव अधिकारका हिसाबले दलाई लामाको तस्बीर राख्न पाउनु अधिकार भएपनि विवादमा रहेका दलाई लामाको तस्बीरलाई विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनी परिसरमा नै राख्न पाउने या नपाउने महत्वपूर्ण विषय हुने विश्लेषण गरिएको छ ।
प्रकाशित मिति:
May 14, 2014