सुविन लिम्बु भइन् 'मिस नेपाल'
वैशाख २० । सुविन लिम्बुले यस वर्षको मिस नेपालको ताज पहेरिएकी छिन् । १८ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताजसँगै नगद ५० हजार र ‘मिस वल्र्ड’ मा भाग लिने अवसर पाएकी छिन् ।
यस्तै मिस नेपाल अर्थको उपाधि भने पिन्सा श्रेष्ठले जितेकी छिन् । उनले मिस अर्थमा भाग लिने जानेछिन् ।
यस्तै नेपालकै सबैभन्दा ठूलो भनिएको सौन्दर्य प्रतियोगिताको मिस नेपाल इन्टरनेशल भने सोनिराज भण्डारी भएकी छिन् । उनले मिस इन्टनेशनलमा भाग लिनेछिन् ।
यस्तै मिस फोटोजेनिक टाइटल शितष्मा बनले प्राप्त गरेकी छिन् । मिस पंक्चुवालिटी एलिसा कुँवर, मिस स्टाइलिस्ट सोनिराज भण्डारी, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस पब्लिक लाक्पा वाङपो शेर्पाले प्राप्त गरेकी छिन् ।
यस्तै, मिस बेष्ट हेयर रश्मी अधिकारीले जितेकी छिन् । मिस व्यूटी विथ प्रपोजको साथमा अर्को एक टाइटल प्रिन्सा श्रेष्ठले जितेकी छिन् । मिस फ्रेन्डसिपको टाइटल भने सोनिराज भण्डारीले जितेकी छिन् । मिस पर्सानालिटीको उपाधी प्रनयना केसीले जितेकी छिन् ।
प्रकाशित मिति:
May 03, 2014