युएईसँग नेपाल चार विकेटले विजयी
वैशाख १८ । नेपालले एसीसी प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा युएईलाई ४ विकेटले हराएको छ ।
यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६१ बाँकी हुँदै लक्ष्य भट्टाउन सफल भएको थियो ।
प्रतियोगिताकै पहिलो खेलमा नेपालको लागि सुबास खकुरेलले सर्वाधिक ७१ रन जोडे । यस्तै, ज्ञानेन्द्र मल्लले ४७, पारस खड्काले ३० रनको योगदान दिए । सरद भेषवाकरले २७ बल खेलेर १६ रन बनाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।
यता, युएईलाई दबाबमा राख्ने क्रममा महबुब आलम र सोमपाल कामीले ३, ३ विकेट लिएका थिए । यस्तै शक्ति गौचनले २ र सागर पुनले १ विकेट लिए ।
प्रकाशित मिति:
May 01, 2014