नेपालको दोस्रो जितः मलेसिया ५ विकेटले पराजित
लिगमा आज घरेलु टोलिसँग आफ्नो दोस्रो खेलमा पनि नेपालले विजयी यात्रा जारी राखेको हो । १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७५ बल बाँकी छँदै विजयी भएको हो ।
आजको खेलमा नेपालको लागि मेहेबुब आलमले सर्वाधिक ५३ रन र शरद भेष्वाकरले २९ रन बनाए ।
यता, मलेसियालाई सस्तैमा समेट्न सोमपाल कामी एक्लैले पाँच विकेट खसालेका थिए । यस्तै बसन्त रेग्मीले दुई तथा मेहेबुब आलम, पारस खड्का र सागर पुनले एक एक विकेट लिए ।
यसअघि हिजोको खेलमा भने नेपालले यूएईलाई ४ विकेटले हराएको थियो ।
प्रकाशित मिति:
May 02, 2014