नेपालले भने- 'मेरो उम्मेदवारी विधानविपरीत होइन'
विराटनगर, २३ जेठ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी अधिवेशनमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी पार्टीको विधानविपरीत नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले पार्टीको विधानको पूर्ण जानकारी नभएकाहरुले आफ्नो उम्मेदवारीमाथि विभिन्न आरोप लगाउने गरेको धारणा व्यक्त गरे ।
उनले पार्टीप्रति उत्तरदायी र जिम्मेवार व्यक्ति अगाडि आए नेतृत्व चयनका लागि सहमतिको बाटो अहिले पनि खुल्ला रहेको उल्लेख गरे ।
नेता नेपालले एकीकृत माओवादीवाट संसद् अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारीपूर्ण भएको पनि बताए ।

प्रकाशित मिति:
June 06, 2014