जाजरकोटमा दलित वालवालिकालाई छात्रवृति वितरण
दिप बहादुर घर्ति
जाजरकोट ५ असार । सदरमुकाममा वुधवार दिउसो ६ वटा गाविसका दलित वालवालिकाहरुलाई सेभ द चिल्डेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोट शाखाले छात्रवृति वितरण गरेको छ । एक औपचारीक कार्यक्रमको आयोजना गरेर उक्त छात्रवृति वितरण गरिएको हो ।
जाजरकोट ५ असार । सदरमुकाममा वुधवार दिउसो ६ वटा गाविसका दलित वालवालिकाहरुलाई सेभ द चिल्डेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोट शाखाले छात्रवृति वितरण गरेको छ । एक औपचारीक कार्यक्रमको आयोजना गरेर उक्त छात्रवृति वितरण गरिएको हो ।
जिल्लाका खलंगा, ढिमे, डाडाँगाउँ, जगतिपूर, झाप्रा र पून्मा गाविसका जम्मा ३६ जना कक्षा ७÷८ मा अध्ययनरत दलित वालवालिकाहरुलाई मासिक ४ सयका दरले छात्रवृति वितरण गरिएको थियो । सरकारी कार्यालय प्रमुख तथा राजनैतिक दलका प्रमुख प्रतिनीधिद्धारा वालवालिकाहरुलाई छात्रवृति वितरण गरिएको थियो ।
अमेरीकन नागरिकले खडा गरेको ऐच्छे कोषको आउने वार्षिक व्याजवाट नेपालका विभिन्न जिल्लामा रहेका दलित समुदायका वालवालिकाहरुको शिक्षामा पहुँच पुगोस भनेर कार्यक्रम सन्चालन गरिएको सेभ द चिल्डेनका प्रतिनीधि हरि ढंगोलले वताए । कार्यक्रम लागु भएका जिल्लाहरुमा यो कार्यक्रम ५ वर्ष सम्म निरन्तर सन्चालन गरिन्छ ढंगोलले भने ।
छात्रवृति कार्यक्रम पढाईका लागी प्रयाप्त क्षमता भएर पनि जसलाई घरवाटै कापी, कलम र टिउसन फिस तिर्न नसक्ने अवस्थाका विशेष लक्षित वालवालिकाहरु छनौट गरेर वितरण गर्ने गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय प्रतिनीधि सुरेश वि.क.ले वताए ।
उक्त औपचारिक कार्यक्रममा दलित समुदायको वाक्लो उपस्थिती रहेको थियो । जाजरकोट जिल्लामा छात्रवृति वितरण कार्यक्रम गत वर्ष देखि सन्चालनमा आई रहेको छ । गत बर्ष ५१ जना वालवालिकाले छात्रवृति पाएका थिए भने यस वर्ष छात्रवृति पाउने वालवालिकाको संख्या जम्मा ३६ जना रहेका छन ।
छात्रवृति वितरणका लागि छनौट गरिएका वालवालिकाहरुले नियमित प्रत्यक वर्ष अध्ययनरत कक्षा पास गर्नु पर्ने फेल भएमा छात्रवृति कटौति गर्नु पर्ने कार्यक्रमको कार्यविधी भएको हुदा गत वर्ष ५१ जना वाट यस वर्ष ३६ जना हुना आएको जिल्ला शाखाका अध्यक्ष मान बहादुर सुनारले उल्लेख गरे ।
प्रकाशित मिति:
June 19, 2014