कुपोषणको मारमा रहेकी चार वर्षिया बालिका
दिप बहादुर घर्ति
कुपोषित ४ बर्षिय बालिका खलंगा गाविस वडा नं ८ मैदेकी हुन । उनका बाबा टेकबहादुर परियार र आमा सितली परियारकी कान्छी छोरी कमला वि.क. कुपोषणका कारण ४ बर्षको उम्मेर पुगि सक्दा पनि नत बोल्न सक्छिन, नत आफै उठेर बस्न सक्छिन, नत उनी आफै खाना खान सक्छिन ।
आमा बाबुको दोश्रो सन्तानका रुपमा रहेकी कमला वि.क.माटो,धुलोमै छतपताउछिन र छतपतिवाट थाक्छिन थकाईको आनन्द माटो धुलोमै लिन्छिन । उनीको लागि आफन्त, पराई, ममतामयी स्नेहीता सबै संसार माटो र धुलोवाहेक अरु केही हुन सकिरहेको छैन ।
दलित समुदायको गरिव परिवारमा जन्मिएकी वि.क.ले अहिले सम्म सरोकारवाला निकायवाट कुनै सरकारी सेवा पाउन सकिरहेकी छैनन । उनीको घरमा आमा बाबुले पालनपोषण गर्ने पशुचौपायका नाममा २ वटा गोरु र १ वटा गाई वाहेक अरु केही पनि छैन । बुवा टेक बहादुर परियारको पेशा गाउँको कटुवाल्ये ( चौकीदार ) काम गरिरहेका छन ।
आफुसंग जीवन धान्ने अरु कुनै पेशा नभएको र गाउँमा कटुवाल्ये काम गरे वाफत गाउँलहरुेले दिएको पाथी उठाएर परिवार पालीने गरेको टेक बहादुर परियार वताउछन । उनीले ६ महिनाको एक सिजनमा एक घर परिवारले एक पाथीका दरले मकै वा गहुँ दिने गरेका छन र १ सय २० घरवाट पाथी उठाएरको अन्नवाट आफु र आफ्नो घर परिवार तथा वालबच्चालाई पाली रहेको छु भने ।
विगत केही वर्ष यता देखि वालविकास र वाल अधिकारका क्षेत्रमा लगानी गर्ने सरकारकोे रणनीति अनुरुप राज्यको पूजीगत अनुदानको ३५ प्रतिसत वजेटको १० प्रतिसत बजेट सरकारले वालवालिकाकै क्षेत्रमा खर्च गर्दै आएको छ । तर सदरमुकाम रहेकै गाविसका गाउँमा कमला वि.क. ले कुनै राहत तथा सरकारी सेवा पाउन नसक्नु आपैमा अनोठो विषय वनिरहेको छ ।
वालवालिकाको क्षेत्रमा खर्च गरिने भनिएको सरकारी वजेट कुन क्षेत्रमा लगानी गरिन्छ र कसरी खर्च गरिन्छ यस विषयमा सबैको धयान जान जरुरी भएको स्थानियहरुको भनाई छ ।
जाजरकोट ६ असार । जारकोरट सदरमुकामको गाविसकै गाउँमा ४ बर्षिय बालिकाले कुपोषणको चर्को मार खेपिरहेकी छिन । जन्मजात नै विलङगता जन्मिए जस्तै बालिकामा कुपोषणको चर्को रुप देखा परेको छ ।
कुपोषित ४ बर्षिय बालिका खलंगा गाविस वडा नं ८ मैदेकी हुन । उनका बाबा टेकबहादुर परियार र आमा सितली परियारकी कान्छी छोरी कमला वि.क. कुपोषणका कारण ४ बर्षको उम्मेर पुगि सक्दा पनि नत बोल्न सक्छिन, नत आफै उठेर बस्न सक्छिन, नत उनी आफै खाना खान सक्छिन ।
आमा बाबुको दोश्रो सन्तानका रुपमा रहेकी कमला वि.क.माटो,धुलोमै छतपताउछिन र छतपतिवाट थाक्छिन थकाईको आनन्द माटो धुलोमै लिन्छिन । उनीको लागि आफन्त, पराई, ममतामयी स्नेहीता सबै संसार माटो र धुलोवाहेक अरु केही हुन सकिरहेको छैन ।
दलित समुदायको गरिव परिवारमा जन्मिएकी वि.क.ले अहिले सम्म सरोकारवाला निकायवाट कुनै सरकारी सेवा पाउन सकिरहेकी छैनन । उनीको घरमा आमा बाबुले पालनपोषण गर्ने पशुचौपायका नाममा २ वटा गोरु र १ वटा गाई वाहेक अरु केही पनि छैन । बुवा टेक बहादुर परियारको पेशा गाउँको कटुवाल्ये ( चौकीदार ) काम गरिरहेका छन ।
आफुसंग जीवन धान्ने अरु कुनै पेशा नभएको र गाउँमा कटुवाल्ये काम गरे वाफत गाउँलहरुेले दिएको पाथी उठाएर परिवार पालीने गरेको टेक बहादुर परियार वताउछन । उनीले ६ महिनाको एक सिजनमा एक घर परिवारले एक पाथीका दरले मकै वा गहुँ दिने गरेका छन र १ सय २० घरवाट पाथी उठाएरको अन्नवाट आफु र आफ्नो घर परिवार तथा वालबच्चालाई पाली रहेको छु भने ।
विगत केही वर्ष यता देखि वालविकास र वाल अधिकारका क्षेत्रमा लगानी गर्ने सरकारकोे रणनीति अनुरुप राज्यको पूजीगत अनुदानको ३५ प्रतिसत वजेटको १० प्रतिसत बजेट सरकारले वालवालिकाकै क्षेत्रमा खर्च गर्दै आएको छ । तर सदरमुकाम रहेकै गाविसका गाउँमा कमला वि.क. ले कुनै राहत तथा सरकारी सेवा पाउन नसक्नु आपैमा अनोठो विषय वनिरहेको छ ।
वालवालिकाको क्षेत्रमा खर्च गरिने भनिएको सरकारी वजेट कुन क्षेत्रमा लगानी गरिन्छ र कसरी खर्च गरिन्छ यस विषयमा सबैको धयान जान जरुरी भएको स्थानियहरुको भनाई छ ।
प्रकाशित मिति:
June 20, 2014