काँग्रेस–एमालेले दम्भ देखाएर संविधान बनाए मान्दिनौं : प्रचण्ड
डडेल्धुरा, ६ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमालेले दम्भ देखाएर यथास्थितिवादी संविधान बनाए नमान्ने बताएका छन् ।
उनले अहिलेसम्म पनि संविधान बन्ने निश्चित नभएको समेत बताएका छन् ।
आज बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सत्ताधारी काँग्रेस–एमालेले ठूलो पार्टीको दम्भ देखाउँदै यथास्थितिवादी संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने बताएका हुन् ।
“यथास्थितिवादी संविधान बनाउने कुरामा हाम्रो सहमति हुँदैन,” अध्यक्ष दाहालले भने – “हामी पहिले पनि प्रगतिशील संविधानका पक्षमा थियौँ र अहिले पनि छौं ।”
नयाँ संविधान बनाउन सबैले लचकता अपनाउनु पर्ने खाँचो उनले औँल्याए । दाहालले एमालेका कारण अहिलेसम्म २६ सभासद् मनोनयन हुन नसकेको समेत बताएका छन् ।

प्रकाशित मिति:
June 20, 2014