माछा मार्ने विषयमा सेना र स्थानीयबीच झडप, छ घाइते
चितवन ४ असार । पश्चिम चितवनको मेघौलीस्थित गोलाघाटमा माछा मार्ने विषयलाई लिएर नेपाली सेना र स्थानीयबीच झडप भएको छ ।
गएराति भएको झडपमा तीन सैनिक र दुई जना स्थानीय घाइते भएका छन् । घटनाबारे थाहा पाएपछि नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि समेत आक्रमण हुँदा एक जना प्रहरी घाइते भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
उनका अनुसार घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान थालिएको उहाँले बताउनुभयो । घाइतेको भने नाम खुलाइएको छैन ।
चिवतन निकुञ्जको आसपासमा मध्यवर्ती क्षेत्रका मानिसहरुले नदीमा माछा मार्ने गर्दछन् । सो क्षेत्रमा बिना अनुमति माछा मार्न पाइँदैन । माछा मार्ने विषयमा विवाद भएको भनिए पनि यकीन कारणबारे भने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
सो झडपपछि स्थानीयले नेपाली सेनाको गाडीसमेत नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । रासस

प्रकाशित मिति:
June 18, 2014