एआइजी बढुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ, २६ जेठ । पुनरावेदन अदालत पाटनले सात अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को बढुवा सिफारिस प्रक्रिया तत्कालका लागि अघि नबढाउन आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश रामेश्वरमान अमात्यको एकल इजलासले प्रस्तुत रिटको अन्तिम टुङ्गो नलागेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालयको नाममा बढुवा समितिको सिफारिस निर्णय कार्यान्वयन नगर्न, नगराउन सो आदेश जारी गरेको हो ।
इजलासले ती अतिरिक्त प्रहरी महानिरीक्षकको बढुवा गर्नुपर्नाको कारण १५ दिनभित्र पेस गर्न पनि भनेको छ ।
नायव प्रहरी महानिरीक्षक (डीआइजी) परशुराम खत्रीले जेष्ठता र वर्गीकृत क्षेत्रको अनुभवका आधारमा आफूले पाएको अङ्कको समेत बेवास्था गरी बढुवा हुनबाट वञ्चित गराएर अन्य सात डीआइजीलाई एआइजीमा बढुवा गर्न लागेकाले वढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न ,नगराउन आइतबार रिट दर्ता गराएका थिए ।

प्रकाशित मिति:
June 09, 2014