विश्वकप अभ्यास खेलः जर्मनीद्धारा अर्मेनिया ६–१ गोलले पराजित
जेठ २४ । विश्वकप फुटबल अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मनीले अर्मेनियालाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
शुक्रबार राती भएको खेलमा पहिलो हाफमा बराबरी खेलिए पनि दोस्रो हाफमा जर्मनीले ६ गोलको अग्रता लिएको हो ।
जर्मनीका लागि मारियो गोटेज एक्लैले २ गोल गरे । यस्तै आन्द्रे स्क्रुल, लुकास पोडोलोस्की, बेनेडिक्ट हावडेज र मिरोस्लाभ क्लोसले एक एक गोल थपे । अर्मेनियाका हेन्रिकले भने आफ्नो देशका तर्फबाट एक गोल गरेका थिए ।
यसैबीच, अर्मेनियाविरुद्धको खेलमा खुट्टामा चोट लागेको छ । उनको अहिले अस्पतालमा उपचार भईरहेको छ । उनले विश्वकप गुमाउनु पर्ने अवस्था समेत आउन सक्ने बताइएको छ ।
यता, जर्मनीका मिरोस्लाभ क्लोस देशका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । अर्मेनियाविरुद्ध उनले देशका लागि ६९ औं गोल गरे । ३५ वर्षका क्लोसले विश्वकपमा मात्रै १४ गोल गरेका छन् । जर्मनीकै जेर्ड मुलरले समान १४ गोल गरेका छन् । विश्वकपमा सवैभन्दा धेरै गोल गर्ने कीर्तिमान भने ब्राजिलको रोनाल्डोको नामममा छ । उनले १५ गोल गरेका छन् ।
शुक्रबार राती भएको खेलमा पहिलो हाफमा बराबरी खेलिए पनि दोस्रो हाफमा जर्मनीले ६ गोलको अग्रता लिएको हो ।
- विश्वकप आउन अब ६ दिन बाँकी
- जर्मनीको पहिलो खेल पोर्चुगलसँग, असार २ गते नेपाली समय अनुसार पौने १० बजे ।
यसैबीच, अर्मेनियाविरुद्धको खेलमा खुट्टामा चोट लागेको छ । उनको अहिले अस्पतालमा उपचार भईरहेको छ । उनले विश्वकप गुमाउनु पर्ने अवस्था समेत आउन सक्ने बताइएको छ ।
यता, जर्मनीका मिरोस्लाभ क्लोस देशका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । अर्मेनियाविरुद्ध उनले देशका लागि ६९ औं गोल गरे । ३५ वर्षका क्लोसले विश्वकपमा मात्रै १४ गोल गरेका छन् । जर्मनीकै जेर्ड मुलरले समान १४ गोल गरेका छन् । विश्वकपमा सवैभन्दा धेरै गोल गर्ने कीर्तिमान भने ब्राजिलको रोनाल्डोको नामममा छ । उनले १५ गोल गरेका छन् ।
प्रकाशित मिति:
June 07, 2014