दल भित्र नेताले गुटवन्दी राजनीति नगर्न कार्यकर्ताको आग्रह
दिप बहादुर घर्ति
जाजरकोट १४ साउन । वुधवार विहान नेकपा एमाले जाजरकोटले नवौं राष्ट्रिय महाधिवेशनवाट निर्वाचित केन्द्रिय सदस्य भैरव सुन्दर श्रेष्टलाई सम्मान तथा वदाई कार्यक्रमको आयोजना गरेर दल भित्र गुटवन्दी राजनीतिको अन्त्य गर्न आग्रह गरेको छ । नवौ राष्ट्रिय महाधिवेशन पुर्व पार्टी भित्र देखा परेको विचार समुहको प्रभाव जाजरकोटमा पनि चर्को रुपमा देखा परेपछि नवनिर्वाचित केन्द्रिय सदस्यलाई यस्तो आग्रह गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य भैरवसुन्दर श्रेष्टलाई माला र खाता लगाए र सम्मान गरिएको थियो । साथै मन्तव्यद्धारा वदाई दिएको थियो । वदाई मन्तव्यमा वोल्ने अधिकांस बक्त्ताहरुले जिल्लाको समग्र विकासका मुद्धाहरुलाई सिंहदरवारमा पुर्याउनलाई बल्खुदरवार माध्याम बन्न सक्ने भएको भन्दै महाधिवेशन पुर्व वनेका विचार समुहका गुट, उपगुटलाई आधार वनाई राजनीति नगर्न आग्रह गरेका थिए ।
कार्यक्रममा वोल्दै विगट, दुर्गम जिल्लाको पार्टी संगठनले सौभाग्य वस पार्टी केन्द्रको पौंच सम्म पुग्न सफल भएको बताउदै, जिल्लाको पार्टी संगठनलाई सुदृढ वनाउन र जिल्लाको समग्र विकासका लागि आफु लागि पर्ने पार्टी केन्द्रिय सदस्य भैरवसुन्दर श्रेष्ठले वताए ।
प्रकाशित मिति:
July 30, 2014