नेपाल–रुस मैत्री सम्बन्धको अन्ठाउन्न वर्ष पूरा
काठमाडौँ, ४ साउन । नेपाल–रुस मैत्री तथा सांस्कृतिक सङ्घले नेपाल र रुसको दौँत्य सम्बन्धलाई जनस्तरमा फैलाउन सहयोग गर्ने निर्णय गरेको छ ।
दुई देशबीच कूटनीतिक तथा दौत्य सम्बन्ध कायम भएको आज ५८ वर्ष पूरा भएको उपलक्ष्यमा दुई देशका जनताको शान्ति तथा समृद्धिको कामना गरेको हो ।
सङ्घका कार्यवाहक अध्यक्ष अच्युतानन्द भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले दुई देशका संस्कृतिलाई आदानप्रदान गरी सम्बन्धित जनताबीच मैत्रीसम्बन्ध अझै बलियो बनाउन सङ्घले भूमिका खेल्ने निर्णय गरेको सङ्घका सदस्य स्वराज शाक्यले जानकारी दिए ।
त्यसैगरी प्रत्येक पाँच वर्षमा दुवै मुलुकका विभिन्न संस्कृतिलाई एकअर्काका मुलुकमा पु¥याउने, ऐतिहासिक तस्बिर, चलचित्र र चित्रकला प्रदर्शन गर्ने निर्णय गरिएको छ ।
सन् १९५६ आजकै दिन २० जुलाईमा दुई देशबीच कूटनीतिक तथा दौँत्य सम्बन्ध कायम भएको थियो ।

प्रकाशित मिति:
July 20, 2014