सभामुख नेम्वाङले सभासद्लाई भने- 'विदेश र जिल्ला नजानुस्'
काठमाडौँ, ४ साउन । सभामुख सुवास नेम्वाङले श्रमिकको सम्मानका लागि श्रमिकमैत्री संविधान बन्ने बताएका छन् ।
नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट) को २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले आगामी माघ ८ गतेभित्र जारी हुने संविधान श्रमिकमैत्री बनाउन पहल गर्ने उल्लेख गरे ।
सभामुख नेम्वाङले भने, “माघ ८ गेतेभित्र संविधान जारी गर्नुछ, त्यसका लागि असोजसम्म संविधानको मस्यौदा तयार नहुँदासम्म सभासद् विदेश र जिल्ला नजानुस, मेरो आग्रह छ ।”
उनले नेपालीको भाग्य र भविष्य निर्धारण गर्ने संविधान लेखनको काम पूरा गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै आ–आफ्नो क्षेत्रबाट माघ ८ सम्म संविधान निर्माण तथा यसका तयारी काममा दवाव सृजना हुने खालका अभियान सञ्चालन गरी दवावमुलक आन्दोलन समेत गर्न आग्रह गरे ।
सो अवसरमा जिफन्ट अध्यक्ष विष्णु रिमालले २५ वर्षअघि झोला र केही कागजातबाट सुरु भएको जिफन्टको आन्दोलनले श्रमिक आन्दोलनको अगुवा यूनियनको रुपमा काम गरिरहेको उल्लेख गर्दै आधुनिक भवन सहित रु १२ करोड भन्दा बढी भौतिक संरचना निर्माण गर्न सफल भएको बताए ।

प्रकाशित मिति:
July 20, 2014