जाजरकोटमा पहिरोले घट्ट बगाउँदा बालक गम्भीर घाइते, जनजीवन प्रभावित
दिप बहादुर घर्ति
जाजरकोट ३० साउन । दुइ दिन देखि परेको अविरल वर्षातका कारण आएको पहिरोले घटट वगाउदा शुक्रवार विहान सक्ला ५ का १४ वर्षीय वालक सन्देश वस्नेत गम्भीर घाइते भएका छन् । वस्नेतको टाउको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
जाजरकोट ३० साउन । दुइ दिन देखि परेको अविरल वर्षातका कारण आएको पहिरोले घटट वगाउदा शुक्रवार विहान सक्ला ५ का १४ वर्षीय वालक सन्देश वस्नेत गम्भीर घाइते भएका छन् । वस्नेतको टाउको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोकै कारण छिन्चु जाजरकोट सडक खण्डमा सम्पुर्ण यातायात वन्द भएको छ भने सदरमुकाम खलंगामा विद्यूत सेवा अवरुद्ध भएको छ । जगतिपुर गाविस ९ कुदुमा सडक भत्किने गरि पहिरो आउदा जिल्ला भित्रिने र वाहिर जाने सवै यातायातका साधनहरु विचैमा अलपत्र परेको प्रहरीले जनाएको छ ।
पहिरो र खोलाको वाढीका कारण कालो पत्रे गरिएको सडकमा पनि यात्रा गर्न यात्रुलाइ सास्ती भएको छ । त्यसै गरि सदरमुकाम खलंगामा विद्युत आपुर्ति गरिरहेको स्थानीय सांङट रिसाङ खोला लघुजलविद्युत आयोजाको कुलो पहिरोले भत्किदा विहिवार राति देखि विद्यूत सेवा पुरै वन्द भएको छ ।
निरन्तर वर्षात र वाढी पहिरोका कारण जिल्लाको ग्रामीण भेगको टेलिफोन सेवा पुरै अवरुद्ध भएको छ । फोन सेवा अवरुद्ध भएपछि गाउँमा पहिरो र अन्य घटनाको वारेमा आफुहरुको सम्पर्क विच्छेद भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी चक्रवहादुर सिंले वताए ।
उनले फोन सम्पर्क टुटेका कारण जिल्लाका विभिन्न भागमा पहिरोको क्षति र घाइतेहरुको अवस्थाका वारेमा थप जानकारी पाउन नसकिएको वताए । सिंहले विहिवार राति पहिरोले सक्ला ८ का रत्नवहादुर महतारा र अन्य एक जनाको दुइवटा घर वगाएको र घरमा रहेकाहरु भागेर वाँचेको वताए ।
विहिवार विहान पहिरोमा परी घाइते भएकाहरुलाइ अहिले सम्म पनि उद्धार गर्न सकिएको छैन । मौसममा सुधार नआएका कारण सक्ला र रामीडाडाँका ६ जना गम्भीर घाइतेहरुको उद्धार हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
August 15, 2014